१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गममा वरिष्ठ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान

अ+ अ-

भोजपुर । गरिबीका कारण मुटु रोग, हार्डजोर्नी, दम, स्त्री रोगजस्ता रोगबाट ग्रस्त जिल्लाका नागरिकले वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । गरिबीका कारण उपचार गराउन नपाएका उनीहरूले दावाँली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार गराएका हुन् ।

उक्त क्लब, नेपाल चिकित्सक सङ्घ, भोजपुर जिल्ला अस्पताल र भोजपुर नगरपालिकाको साझेदारीमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा करिब तीन हजार १०० भन्दा बढी बिरामीलाई एक सय ५० विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका थिए । एक मात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामान्य किसिमको बिरामी हुँदा पनि ठुलो आर्थिक भार व्यहोरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहँदै आएको छ ।

जिल्लामै विशेषज्ञ चिकित्सकबाट मुटु रोग, हार्डजोर्नी, दम, स्त्री रोग, यौन तथा छाला रोग, नाक, कान,घाँटी, आँखा, दाँतलगायत रोगको निःशुल्क उपचार पाउँदा बिरामीलाई राहत मिलेको स्थानीयचन्द्रबहादुर भुजेलले बताए । जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा आफूहरूलाई धेरै नै समस्या रहेको र वरिष्ठ चिकित्सकको सेवा आफ्नै ठाउँमा लिन पाउँदा खुसी लागेको उनको भनाइ छ ।

शिविरमा विशेष गरेर मुटु रोग, स्त्री रोग, हार्डजोर्नी तथा आँखाका बिरामीको सङ्ख्या बढी रहेको मुटु रोग विशेषज्ञ डा भगवान् कोइरालाले बताए । जिल्ला अस्पतालको भवन सुविधा सम्पन्न भए पनि दक्ष जनशक्ति नहुँदा बिरामीलाई समस्या हुने गरेकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सामान्य रोगको समस्या भएका बिरामीलाई यही उपचार तथा औषधि वितरण गरिएको र मुटु रोग,हार्डजोर्नीजस्ता जटिल खालका बिरामीलाई भने जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा लगेर निःशुल्क उपचार गरिने जनाइएको छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका, तथा विपन्न नागरिकलाई लक्ष गरेर शिविर आयोजना गरिएको भोजपुर नगरप्रमुख कैलाशकुमार आलेको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस