८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिडियाका हेडलाइनले बिगार्‍यो, जनता मसँग सन्तुष्ट छन् : मेयर विद्यासुन्दर शाक्य

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा बिगारेको बताएका छन् ।

आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन आज (शुक्रबार) पत्रकार सम्मेलन गरेका मेयर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताए ।

केही केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगर सभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको उनको भनाइ छ ।

‘विवादको विषयमा जे–जे हेडलाइन आए त्यस्तो हैन, कन्टेन्ट ठिक थियो । तर हेडलाइनमा अलि कडा आउँदा धेरै ठुलो हो कि जस्तो लागेको हो’ उनले भने । रानीपोखरीमा कंक्रिट विवादमा आफ्नो अडान अहिले पनि कायम रहेको उनले बताए ।

रानीपोखरी वर्षमा एक दिन हैन, सधैँ खुला हुनुपर्छ भन्ने आफ्नो योजना अनुसार काम गर्न खोजेको उनले बताए । कफी सप र शौचालय भने आफूले मन्दिर भित्र नभई शान्तिबाटिकामा बनाउन चाहेको र अहिले बनिरहेको पनि उनले बताए ।

उपमेयर र मेयरको विवादबारे एउटै मञ्चमा बहस गर्न आफू तयार रहेको उनको भनाइ थियो ।

मेयर शाक्यले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । केही–केही काम आफूले घोषणा गरेको अनुसार नभए पनि धेरै काम सम्पन्न भएको उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा जनता खुसी भएको भन्दै उनले यसले आफू पनि सन्तुष्ट भएको बताए । पहिले बनाउन नसकिएको मन्दिर र गुठी आफ्नो कार्यकालमा बनेको भन्दै यसले जनताहरु उत्साहित भएको शाक्यले बताए ।

सम्पदाका क्षेत्रमा आफ्नो कार्यकालमा भएको कामबारे विस्तृत विवरण सुनाएका मेयर शाक्यले अन्य क्षेत्रमा भएको कामबारे पनि चाँडै जानकारी दिने बताए ।

फोहोर व्यवस्थापनमा मेयर सफल हुन लागेको भनेर केही–केही मान्छेले खेल खेलिरहेको समेत उनको आरोप थियो।

यसै गरी मेयर शाक्यले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा आपत्ति जनाएका छन् ।

जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनको भनाइ थियो ।

मेयरमा पुनः निर्वाचन लड्ने विषयमा पार्टीले जे निर्णय गरे पनि आफूलाई मान्य हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस