२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पालाई ढाकाको राजधानी घोषणा

अ+ अ-

रामपुर । पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ ।

तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका सङ्घद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो ।

लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरे ।

सो अवसरमा मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउँदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिइन् । यस कार्यमा महिलाको संलग्नता बढ्दो रहेकाले परनिर्भरता हट्ने र धेरैलाई स्वरोजगार बनाउने उनको भनाइ छ ।

सहसचिव दुवाडीले ढाकाको राजधानी बनेको पाल्पा अब यहाँ अवसर र चुनौतीसमेत थपिएकाले उद्यमीको सीप विकास र उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

तानसेन नगर प्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा नगरपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी जिल्लालाई ढाकाको राजधानी घोषणा गर्न सफल भएको जानकारी दिए ।

सङ्घका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाममा बाहिर उत्पादन भएका ढाकाको व्यापारले ग्राहक र व्यापारी समस्यामा परेपछि जिल्लाको छुट्टै पहिचान बनाउन ब्राण्डिङ बनाएर बजारमा पठाउन थालिएको जानकारी दिइन् ।

“ग्राहकको आँखा छल्न बाहिर उत्पादन भएका ढाका कपडामा पाल्पाको ट्याग लगाएर बेच्ने कार्यले पाल्पाली ढाका कपडाको बदनाम गराउने कार्य भयो, अब ब्राण्डिङ बनाएर बजार पठाएपछि ढाकाबाट कोही ठगिने छैन”, उनले भनिन् ।

गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याइएको जनाइएको छ ।

बाहिरबाट भित्रिएका ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्रान्डसहितको ढाका बजारमा ल्याउँदा ग्राहक उत्साहित बनेका छन् ।

तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेपछि उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका थिए ।

पाल्पाली ढाकाको विविधीकरण गरी धेरै किसिमका वस्तु निर्माण भएका छन् । सजावटका सामग्रीदेखि पाल्पाली ढाका अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत निर्माण हुन थालेको छ । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा अन्यत्र लैजाने गर्छन् ।

युके एड ९सीप०, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका बजारमा ल्याइएको हो ।

भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धराशायी बन्ने अवस्थामा आएकाले यसबाट कुनै पनि ग्राहक ठगिन नपरोस् भनी ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा बजारमा ल्याइएको पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले बताए । उनका अनुसार ब्रान्ड बनेपछि कोही पनि ग्राहक अब ढाका कपडा खरिदमा नठगिने र पाल्पाको पहिचान बढ्नेछ ।

ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान् स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेका हुन्। अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यति बेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो ।

स्व गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उनकी श्रीमती पूर्णमायाले हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछिन् । उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएकी छन् ।

पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उनको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी करिब ९० थरिका सामान उत्पादन गर्छन् । सुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जाँदा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिइरहेकी छन् ।

बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डिङ लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग व्यापार फस्टाउने अवस्थामा छन् भने अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । यसैबाट महिलाको दरिलो आयस्रोत बनेको छ ।