१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

अ+ अ-

बागलुङ । पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ । काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीका भरमा छ ।

अनमी मुना थापा तालिममा सहभागी हुन गएपछि कार्यालय सहयोगी जमुना भण्डारीले एकाइ कुर्दै आएकी छन् । एकाइमा सामान्य बिरामीको पनि जाँच र औषधोपचार हुन नसक्ने स्थिति छ । एकाइ प्रमुख लोकबहादुर भण्डारी दुई महिनाअघि सुरुवा भएर अन्यत्र गएपछि त्यहाँ जनशक्ति अभाव खड्किएको हो ।

विसं २०७५ मा खुलेको एकाइले स्वास्थ्य चौकी सरहकै सेवा दिँदै आएको थियो । स्वास्थ्यकर्मी नै नभएपछि प्रसूति जाँच, खोप लगायतका सेवा पनि रोकिएका छन् । आएका बिरामीलाई सोही वडाको देउरालीमा रहेको स्वास्थ्य चौकीमा पठाउने गरिएको वडाध्यक्ष एवं एकाइ व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर श्रीसले बताए।

‘एकाइ प्रमुखको सरुवापछि सेवा प्रभावित भएको छ, अब चुनावअघि जनशक्ति व्यवस्थापन हुन नसक्ने देखिएको छ’, अध्यक्ष श्रीसले भने, ‘भइरहेका स्वास्थ्यकर्मी र कर्मचारीबाट सक्दो सेवा दिन्छौँ ।’ उनले जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकामा कुरा राखेको बताए ।

एकाइ व्यवस्थापन र स्वास्थ्यकर्मी/कर्मचारीको खटनपटन गाउँपालिकाले नै गर्दै आएको छ । यसअघि सेवामा रहनुभएका एकाइ प्रमुख भण्डारीलाई भने देउरालीस्थित स्वास्थ्य चौकीकै दरबन्दीबाट काजमा ल्याइएको थियो । भवनलगायत अरू पूर्वाधारका हिसाबले भने उक्त एकाइ स्वास्थ्य चौकीभन्दा कम छैन ।

प्रदेश सरकारको झन्डै डेढ करोडको लागतमा सो भवन बनेको थियो । सोही भवनको माथिल्लो तलामा अहिले वडा कार्यालयका लागि संरचना बनिरहेको छ । एकाइले एम्बुलेन्स सेवासमेत दिइरहेको अध्यक्ष श्रीसले बताए ।

एकाइमा रहेको कोषबाट उपचारमा अर्थाभाव हुने परिवारलाई बिना ब्याज रु २५ हजारसम्म ऋण दिने गरिएको छ । अति विपन्न परिवारका बिरामीलाई अवस्था हेरेर आर्थिक सहायता पनि दिने गरिएको छ । एकाइबाट दिगो र प्रभावकारी रुपमा सेवा दिन जनशक्ति व्यवस्थापन नै मुख्य चुनौतीका रुपमा देखिएको छ ।

सोही कारण प्रसूति सेवा सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रीसले बताए । गाउँपालिकाका जनस्वास्थ्य अधिकृत रामचन्द्र लामाले स्वास्थ्य एकाइमा दरबन्दी नहुँदा समस्या निम्तिएको बताए। ‘एकाइ खोल्दा एक जना अहेब, अनमी र कार्यालय सहयोगीको दरबन्दी आउँछ भनियो तर अहिलेसम्म माथिबाट आएको छैन,’ उनले भने, ‘अब चुनावपछि करारमै भए पनि जनशक्ति व्यवस्थापन गर्छौँ ।’

अधिकृत लामाले वडा नं ७ रेशको सामुदायिक स्वास्थ्य एकाइमा पनि जनशक्ति अपुग रहेको उल्लेख गरे । गाउँपालिकाले वडा नं ५ बिहुँ र वडा नं ४ तङ्ग्रामको फापरखेतमा पनि एकाइ स्थापनाका लागि पहल अघि बढाएको छ । भौगोलिक विकटताले स्वास्थ्य चौकी टाढा भएका ठाउँमा सरकारले यस्ता एकाइ खोल्ने गरेको छ ।

एकाइले न्यूनतम पनि ७० थरीका औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । जिल्लाको हुग्दीशिर, दर्लिङ, निसी, पैँयूपाटा, जैदी, बोबाङको ढोरपाटन, ग्वालिचौर, अमरभूमि, खुङ्खानी, नर्जाखानी लगायतका ठाउँमा एकाइ सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस