२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्कोतर्फ

अ+ अ-

चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ ।

देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ ।

यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रवर्द्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपाने शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिन्छन् । हुँदै नहुनेले शिक्षा र स्वास्थ्य निःशुल्क रुपमा पाउनुपर्ने भन्दै उनले हुनेखानेले सहज र सर्वसुलभ रुपमा शिक्षा र स्वास्थ्य पाउनुपर्ने बताए । उनले भने, ‘महानगरले शिक्षा र स्वास्थ्य सकेसम्म निःशुल्क गर्नुपर्छ, पैसा लिनुपर्दा सर्वसुलभ हुनुपर्छ ।’

२१औँ शताब्दीमा पनि उपचार नपाएर कसैले पनि मर्न नहुने उनको भनाइ छ । रोजगारीका लागि आवश्यक शिक्षा र तालिमको प्रबन्ध महानगरले गर्नुपर्ने न्यौपानेले बताए ।

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई दिगो आर्थिक विकासको रणनीतिअनुसार महानगरमा काम गर्नुपर्ने बताउँछन् । वातावरण संरक्षण गर्न महानगरले ध्यान दिनुपर्ने भन्दै उनले प्राथमिकतामा फोहरमैला व्यवस्थापन, महानगरवासीको प्रतिव्यक्ति आय वृद्धिका लागि काम गर्नुपर्ने बताए । उनले भने, ‘उद्योग व्यवसाय खोल्ने वातावरण सिर्जना गरेर रोजगारी दिने गरी काम गर्नुपर्छ ।’

पोल्ट्री व्यवसायी उनले पोल्ट्रीको हबका रुपमा परिचित यहाँबाट फार्म विस्थापित हुँदै गएको भन्दै पोल्ट्रीसँग सम्बन्धित उद्योग स्थापनामा सहजीकरण गर्नुपर्ने बताए।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष राजु पौडेल महानगरवासीको पहिलो अपेक्षा रोजगारी भएको बताउँछन् । सुशासनको प्रत्याभूति दिलाउँदै सहज सुविधा पाउने वातावरण सिर्जना गर्न उनको जोड छ ।

कृषि उत्पादनको आधारमा दिइने अनुदान प्रभावकारी भएको भन्दै उनले त्यस अनुरुपको काम गर्नुपर्ने बताए । महानगरले प्रतिलिटर दूधमा रु तीन दिएको अनुदान प्रभावकारी भएको भन्दै यही मोडलमा काम गर्नुपर्ने उनले सुझाव दिए ।

ग्रामीण क्षेत्रमा सडक सञ्जाल राम्रो बनेको भन्दै उनले सार्वजनिक यातायात सहज बनाउनु, खेलकुदमा जोड दिन, खुल्ला विश्वविद्यालय स्थापनामा पहल गर्न, स्मार्ट सिटीको काम सम्पन्न गर्न नागरिकको माग रहेको बताउँछन् ।

व्यवसायी दिनेशकुमार चुके पूर्वाधार विकासमा फड्को मारेको भए पनि अपेक्षाकृत हुन अझै बाँकी रहेको बताउँछन् । रोजगारमूलक उद्योगको स्थापना गर्न, बाहिरबाट बसाइसराइ गरी आएकालाई सर्वसुलभ रुपमा आवासको व्यवस्था गर्न उनले जोड दिए । पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको भन्दै उनले यसको व्यवस्थित व्यवस्थापनमा जोड दिनुपर्ने बताए । पर्यटकीय क्षेत्रमा लगानी आवश्यक रहेको उनको भनाइ छ ।

व्यवसायी राजन गौतम भरतपुर महानगरको विकासमा फरक ढङ्गले सोच्नुपर्ने बताउँछन् । महानगर नजिकै रहेको नगर वन झुक्किएर बनेको टापु भएको भन्दै नारायणीमा रहेका यस्ता टापुहरु निकालेर नदीलाई एउटै धारमा बगाउने व्यवस्था गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘नारायणी तटबन्धमा अरबौँ खर्च गर्ने होइन, नदीजन्य पदार्थ निकालेर खर्बौँको आम्दानी गर्नुपर्छ ।’ यसबाट लाखौँ बिघा जमिन निस्कन र भरतपुर महानगर बच्ने उनको तर्क छ ।

महानगरभित्र बाँझो जमिन राख्न नहुने भन्दै उनले बाँझो जमिन राख्नेलाई कारबाही गर्ने गरी ऐन नियम बनाउनुपर्ने बताए । मौसम अनुसारको खेतीमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘बेमौसमी खेती रोक्नुपर्छ ।’ व्यावसायिक र कृषि क्षेत्रमा हुने दलालीतन्त्रको अन्त्य गर्नु उनको भनाइ छ । जमिनमा आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्न प्रोत्साहन गर्नुपर्ने गौतमले बताए ।