२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दीपुर मिनी ग्रेटवालको चौध सय मिटर कार्य पूरा

अ+ अ-

तनहुँ । बन्दीपुरमा निर्माण गर्न लागेको बन्दीपुर मिनी ग्रेटवालको एक हजार ४०० मिटर कार्य सम्पन्न भएको छ ।

बन्दीपुर गाउँपालिका– २ स्थित थानी माई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको चार किलोमिटरमध्ये हालसम्म उक्त दूरीको कार्य पूरा भएको हो ।

चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणमा रु एक करोडको काम भइसकेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

हालै पाँच करोडको बोलपत्र परेको छ । उनले भने, ‘आधुनिक पदमार्ग बन्दीपुर बजारबाट सुरु भई थानी माई, समिभञ्ज्याङ हुँदै मुकुन्देश्वरी गढी जोड्ने योजना रहेको छ ।’ ‘थानी माई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग’ नामकरण गरी थालिएको पदमार्गको चौडाइ चार मिटर र पर्खालको उचाइ दुई फिट रहेको छ ।

‘मिनी ग्रेटवाल’ निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ । अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिवारका दिन पर्यटकको बाक्लो भीड लाग्ने गरेको अध्यक्ष थापाले बताए । पछिल्लो समय बाह्य पर्यटकको समेत चहलपहल बढ्न थालेको छ । पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सात करोड विनियोजन भएको छ ।

नेपाल सरकारको चार करोड ५५ लाख नेपाल सरकारको र गाउँपालिकाको दुई करोड ४५ लाख साझेदारी रहेको जनाइएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटेल लगायतका संरचना निर्माण गर्ने योजना छ ।

डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङ्टाङ, हिमशृङ्खलाका सयौँ चुचुरा बन्दीपुरबाट सजिलै देख्न सकिन्छ ।