८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखक सङ्घको अन्तर्राष्ट्रिय उपाध्यक्षमा कृसु क्षेत्री

अ+ अ-

काठमाडौँ । नेपाली लेखक सङ्घको केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय उपाध्यक्षमा कृसु क्षेत्रीलाई मनोनयन गरेको छ ।

सङ्घको शनिवार बसेको बैठकले कूटनैतिक जिम्मेवारी र साहित्यिक गतिविधिको सिलसिलामा करिब तीन दर्जन मुलुक भ्रमण गरेका क्षेत्रीलाई अन्तर्राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेको हो ।

बैठकले सचिवमा शशि थापा पण्डित, सदस्यमा विमला तुम्खेबा, मनोज न्यौपाने, गीता रेग्मी, हेम प्रभाष र इन्द्र कुमार विकल्पलाई मनोनयन गरेको छ ।

विक्रम सम्मत २००७ सालमा बि पी कोइराला, रिद्दिबहादुर मल्ल, गोविन्दबहादुर मल्ल गोठाले आदिको सक्रियतामा स्थापित लोकतान्त्रिक साहित्यकारहरूको संस्था नेपाली लेखक सङ्घको सातौँ अधिवेशन गत चैत १८ र १९ मा श्रवण मुकारुङको अध्यक्षतामा पोखरामा सम्पन्न भएको थियो । सोही अधिवेशनले वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय समिति चयन गरेको थियो ।

झापामा जन्मेका कवि क्षेत्री कविताका अतिरिक्त गीत गजल मुक्तक र सम्पादन गर्दछन् भने विलयन लेखनको प्रवर्तक पनि हुन् । कवि क्षेत्रीको चराको गीत अत्यन्त लोकप्रिय कविता सङ्ग्रह हो ।

क्षेत्रीको मनोनयनले नेपाली लेखक सङ्घलाई प्रवासमा विस्तार गर्ने अपेक्षा पूरा हुनेछ भन्ने सङ्घले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस