काठमाडौँ । निर्वाचन आयोगले वितरण गरेको झोलामा पुरानै नक्सा राखेको भेटिएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनकालागि तोकिएका निर्वाचन अधिकृतहरूलाई वितरण गरिएको झोलामा चुच्चे नक्सा नै नभएको भेटिएको हो ।
निर्वाचन आयोगले नै वितरण गरेको झोलामा चुच्चे नक्सा छैन नि ? भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले एक रुपैयाँको पनि झोला नकिनेको र पहिलेको निर्वाचनबाट बचेको झोला भएको बताए ।
प्रशिक्षणका क्रममा आयोगले अधिकृतहरुलाई वितरण गरेको झोलामा सो चुच्चे नक्सा गायव भएको देखेपछि केहीले के हो यस्तो ? भन्ने प्रश्न गरेका थिए ।







