२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच दलीय गठबन्धनद्वारा भरतपुर महानगरको सङ्कल्प–पत्र जारी

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले सङ्कल्प–पत्र सार्वजनिक गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्याशी रेनु दाहाल र उपप्रमुखका प्रत्याशी चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी गरेका हुन् ।

सङ्कल्प–पत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक ५ हजार भत्ता दिइने सहितका कार्यक्रम समावेश गरिएको छ ।

विद्यालय शान्ति क्षेत्रको मान्यता दिँदै २० प्रतिशतसम्म बजेट विनियोजन गरिने छ । सङ्कल्प–पत्रमा एक परिवारलाई मासिक ६ हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गरिने उल्लेख छ । त्यसै गरी दूधमा प्रतिलिटर तीन दिइँदै आएको अनुदानलाई वृद्धि गरिनेछ ।

विपन्न, मजदुर, किसानलाई ५८ वर्षको उमेरपश्चात् पेन्सनको व्यवस्था मिलाइने सङ्कल्प प्रस्तावमा उल्लेख छ । सोह्र वर्ष मुनीका बालबालिकाको स्वास्थ्योपचार निःशुल्क गरिनेछ। घरघरमा कम्तीमा एक जनालाई रोजगारको अवधारणालाई आत्मसाथ गर्दै स्वःरोजगारको सृजना गर्ने वातावरण बनाइने सङ्कल्प–पत्रमा उल्लेख छ ।

विद्यालय उमेर नाघेका निरक्षर किशोर किशोरीका लागि सरकारी तवरबाटै खुला विद्यालय स्थापना गरिने छ । जिल्लाभित्र रहेका ६० भन्दा बढी पर्यटकीय गन्तव्यहरू, दर्शनीय स्थल, गडी र झर्ना आदिको पहिचान, पूर्वाधार विकास तथा सौन्दर्यकरण गरी जिल्ला भ्रमणको प्याकेज निर्धारण गरी पर्यटक आकर्षण बढाइने छ ।

प्राङ्गारिक खेती उत्पादन गर्ने वडालाई प्राङ्गारिक वडा घोषणा गरिने छ । जलवायु अनुसारको फलफूलको बोट बिरुवा रोप्न ‘एक बोट, सयको नोट’ नारासहित प्रोत्साहित गरिने, अव्यवस्थित खरका घरमा जस्तापाता गराइने छ ।

प्रतिपरिवार ३० युनिटसम्म विद्युत् उपभोग गर्नेलाई निःशुल्क गरिनेछ । वडाभित्र रहेका ६ मिटरको मापदण्ड पूरा गरेका सबै सडकहरू कालोपत्रे गरिनेछ । वडा तहमा कम्तीमा दुई वटा सुलभ मूल्यका सहकारी पसल स्थापना र सञ्चालन गर्ने वा गरेका संस्थालाई आर्थिक सहयोग गर्ने, स्वदेशी उत्पादनका सामग्रीको व्यापार गर्ने फर्मलाई करका दरमा सहुलियत दिइने व्यवस्था गरिने सङ्कल्प–पत्रमा उल्लेख छ ।

एकीकृत सम्पत्ति करलगायत स्थानीय करका दर रेटमा पुनरावलोकन गरी दोहोरो–तेहोरो कर खारेज गरिनेछ । सामाजिक सङ्घसंस्थालाई निश्चित मापदण्डको आधारमा वर्गीकरण गरिनेछ । नारायणी कला मन्दिरलाई कला केन्द्रहरूको स्तरोन्नति गरिनेछ ।

उपभोग्य सामग्रीहरूमा उत्पादन गर्ने कम्पनी, ट्रेड मार्क, उत्पादन भएको मिति, ब्याच नं, उपभोग गर्न मिल्ने समयावधि सहितको विवरण अनिवार्य गरिने, महानगरमा ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययन गरी महानगर, उद्योग वाणिज्य सङ्घ समेतको साझेदारीमा अर्को पाँच वर्षभित्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने सङ्कल्प गरिएको छ ।

जिल्लामा चक्रपथ रामनगरदेखि पहाडको फेदिहुँदै पिपलटार, खेतबारी, स्याङदी, गर्दास, गैरीबारी, शक्तिखोर, जुटपानी, पिठुवा चैनपुर, भण्डारा, लोथरहुँदै लोथरखोला र राप्ती खोलाको तटबन्धनसहित भण्डारा कुमरोज सौराहा पटिहानी जगतपुर, चनौली, मेघौली, गोलाघाट, नारायणीको किनारै किनार तटबन्धनसहित गुञ्जनगर, झन्नझने, शिवघाट रामघाट नारायणगढ हुँदै रामनगरसम्म अत्याधुनिक वातावरणमैत्री सडक सुरु गरिने उल्लेख छ ।

कार्यक्रममा महानगर प्रमुखका प्रत्याशी दाहाल र उपप्रमुखका प्रत्याशी अधिकारीले महानगरको विकासका लागि गरिएका सङ्कल्प पूर्ण रूपमा कार्यान्वयनका लागि लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिश्चित आवश्यक रहेको बताउनुभयो । सो अवसरमा काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादीका) उपाध्यक्ष कृष्णराज न्यौपानेको उपस्थिति थियो ।