१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : राष्ट्रपति

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताएकी छन् ।

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेवी सरकार लोकतन्त्रका अपरिहार्यतत्व भएको बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना र सञ्चारको हक तथा मौलिक हकका रूपमा सुनिश्चित गरेको छ, यसबाट अभिव्यक्तिको स्वतन्त्रता संस्थागत हुनुका साथै सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना प्राप्त गर्न नागरिक अधिकारको प्रत्याभूति भएको छ, संविधान प्रदत्व मौलिक हकलाई आधार मानेर हाम्रो मुलुकमा प्रेस स्वतन्त्रता अछुण रहने परिवेश निर्माण भएको छ ।’

उनले नेपाली प्रेस जगतले जनसरोकारका सबैजसो विषयमा नागरिकलाई सुसूचित गराउँदै सार्वजनिक सेवा प्रदायकलाई जनताका आवश्यकताका बारेमा पृष्ठपोषण प्रदान गरी सञ्चार सिटीका रूपमा काम गरिरहेको बताइन् ।

राष्ट्रपति भण्डारीले बाढीपहिरो, भूकम्प, डढेलो एवं कोभिड–१९ महामारीजस्ता विपत्को समयमा आमजनतालाई सचेत र सर्तक बनाउनुका साथै सही सूचना सम्प्रेषण गरी राज्यका जिम्मेवार निकायलाई उपयुक्त रणनीति निर्माणका लागिसमेत पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण सहयोग गर्दै आएको चर्चा गरिन् ।

त्यसै गरी शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सरसफाइ, वातावरण संरक्षणजस्ता आम सरोकारका विषयमा सचेतना अभिवृद्धि गर्नुका अतिरिक्त समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कार, जातीय तथा लैङ्गिक विभेद आदीका विरुद्धमा जनचेतना अभिवृद्धि गर्दै सकारात्मक सामाजिक रूपान्तरणका लागिसमेत सञ्चार जगत्ले उल्लेखनीय योगदान गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

उनले भनिन्, ‘पत्रकारिता क्षेत्रले समाजमा रहेका विकृति, विसङ्गतिलाई उजागर गर्नुका साथै राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान गर्नु हुने व्यक्तिलाई ओझेलबाट प्रकाशमा ल्याउनसमेत भूमिका खेलिरहेको हुन्छ, त्यस क्रममा मुलुकको हित, राष्ट्रिय स्वाभिमानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको शुद्धीकरण सञ्चार जगत्को मुख्य अभिष्ट हुनुपर्छ ।’

पत्रकारको हातमा रहेको कमलबाट कसैमाथि अन्याय हुनुहुँदैन भन्ने पक्षलाई विशेष आत्म बोधका साथ कार्यान्वयन गर्न आह्वान गर्दै उनले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको बताइन् ।

उनले सामाजिक सञ्जालको व्यापकताका कारण सूचना प्रवाह गर्ने पहुँच अब पत्रकारिताको औपचारिक क्षेत्रभन्दा धेरै विस्तार भएको जनाउँदै हरेक नागरिकलाई अभिव्यक्तिको बलियो वैकल्पिक माध्यम उपलब्ध हुँदा सामाजिक सशक्तीकरणमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।

सूचनाको वास्तविकता, सत्यको जाँच तथा प्रमाणको पुष्टि हुनुपर्ने जस्ता पत्रकारिताका आधारभूत मान्यतालाई सञ्चारका नयाँ माध्यमले खण्डित गरिदिएको उल्लेख गर्दै उनले भनिन्, ‘तसर्थ आजको सञ्चार जगत्ले आफ्नो स्थायित्व सुदृढ गर्न सिर्जनात्मक उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता अझ बढ्दै गएको छ, राज्यको चौथो अङ्गका रूपमा समाजले सम्मान प्रदान गरेको हुनाले जिम्मेवारी पूर्ण सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम राख्न सकिन्छ भन्ने मलाई लाग्दछ ।’
आवधिक निर्वाचनमार्फत जनताले छानेका प्रतिनिधिबाट विधिको शासन सञ्चालन हुनु लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यता भएको प्रस्ट पार्दै राष्ट्रपति भण्डारीले आसन्न स्थानीय निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषणका माध्यमबाट योगदान दिनुपर्नेमा जोड दिइन् ।

उनले आगामी दिनमा जिम्मेवार पत्रकारिताका माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिकरुपमा साकार तुल्याउने काममा थप उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस