२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमनमा युद्ध विराम सुरु भएदेखि सर्वसाधारणको मृत्यु आधा घट्यो

अ+ अ-

दुबई । युद्धग्रस्त यमनमा अप्रिलको सुरुमा दुई महिनाको युद्धविराम लागू भएदेखि नागरिकको मृत्यु हुनेको संख्या ५० प्रतिशतले घटेको सहायता समूह नर्वेजियन शरणार्थी परिषद् (एनआरसी) ले बुधबार जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घले संसारको सबैभन्दा खराब मानवीय सङ्कटको रूपमा वर्णन गरेको कुरालाई कम गर्न खाना, आश्रय र अन्य आवश्यकताहरू (एनआरसी) ले उपलब्ध गराउँदै आएको छ । मार्चमा २१३ नागरिक हताहत भएको थियो भने अप्रिलमा ९८ मा झरेर थियो ।

‘आँकडाहरूले युद्ध विरामबाट हुने फाइदाको स्पष्ट प्रमाण दिन्छ, गत महिनामा, कैयौँ परिवारका सदस्यहरु अर्थहीन हिसाबबाट गुमाउनबाट जोगिएका थिए, एनआरसीको यमनका निर्देशक एरिन हचिन्सनले एक विज्ञप्तिमा बताएका छन् ।

‘यमनी जनता र उनीहरूको भविष्यको लागि, हामी आशा गर्छौँ कि द्वन्द्वका पक्षहरूले युद्धविराम विस्तार गर्नेछन्।’ यमन द्वन्द्वले इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी नेतृत्वको सैन्य गठबन्धनद्वारा समर्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई खडा गरेको छ ।

यसले लाखौँ मानिसहरूको ज्यान लियो र अरब संसारको सबैभन्दा गरिब देशलाई अनिकालको छेउमा धकेल्यो । तर अप्रिल २ मा लागू भएको नवीकरणीय दुई महिनाको युद्ध विरामले देशको अधिकांश भागमा हिंसाबाट सताएको देशलाई राहत प्रदान गरेको छ ।

एनआरसीले हवाई हमला र गोलीबारीबाट मारिने वा घाइते हुनेहरूको संख्यामा ‘उल्लेखनीय कमी’ भएको बताएको छ ।

यद्यपि, यसले हिंसामा तीव्र कमी आए पनि बारुदी सुरङ्ग र विस्फोटन नगरिएका हातहतियारबाट हुने हताहतको संख्या उस्तै वा बढी रहेको बताइन्छ ।

‘हामी युद्धरत पक्षहरूलाई आफ्ना प्रतिबद्धताहरू पालन गर्न र यस द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नको लागि आग्रह गर्दछौँ, जसले हजारौँलाई मारेको र अपाङ्ग गरिसकेको छ, र लाखौँलाई आफ्नो जीविकोपार्जनबाट वञ्चित गरेको छ,’ हचिन्सनले भनेका छन् ।