२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिबासमा काँग्रेसको जमानत जफत, माओवादीबाट बागीले पालीका खोसे

अ+ अ-

काठमाडौँ । महोत्तरीको बर्दिबासको नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् । माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४ हजार २ सय १० मत प्राप्त गरे । उपप्रमुखमा पनि स्वतन्त्र उम्मेदवार तारादेवी महतो विजयी भएकी छन् ।

महतोले ९ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १ सय ८५ मत प्राप्त गरेकी छन् । क्षेत्रीले काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र प्यानल बनाएका थिए । काँग्रेस प्रदेश कमिटीबाट पाएको टिकट केन्द्रले खोसेर चिरञ्जीवी हमाललाई आधिकारिक उम्मेदवार बनाएको थियो । क्षेत्रीले काँग्रेस उम्मेदवार हमालको जमानत समेत जफत हुने अवस्था बनाइ दिए ।

खसेकोमध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा हमालको जमानत जफत भएको हो। उनले १२६३ मत मात्र ल्याएका थिए । क्षेत्रीले काँग्रेस उम्मेदवारको जमानत जफत मात्र गरेनन् ०७४ मा माओवादी केन्द्रले जितेका मेयर र उपमेयर पद पनि खोस्न सफल भए ।

उनको प्यानलले माओवादी, नेकपा एमाले, काँग्रेस, जसपा लगायत दललाई पराजित गरेको हो । स्वतन्त्र उम्मेदवार क्षेत्री र महतोको चुनाव चिन्ह पनि एउटै जेब्रा थियो । जेब्रा चुनाव चिन्ह लिएका उम्मेदवारले १, ७, १३ र १५ मा वडाध्यक्ष पनि जितेका छन् ।