काठमाडौँ । सरकारले गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी त्यसैका आधारमा सुविधा दिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिचान गरिएका गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी परिचयपत्रका आधारमा सुविधा दिइने बताइन् ।
त्यस्तै, हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा विस्तार गरिने उनले जानकारी दिइन् ।
सरकारले गरिब घर पहिचानमा १० वर्षदेखि लगानी गरिरहेको छ । तर, ती परिवारले परिचयपत्र पाए पनि कुनै सुविधा भने पाएका छैनन् ।