२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् ।

एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन् ।

जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । बाँकी चार पालिकामा एमालेले बहुमत जुटाएको छ ।

एक मात्र फुङ्लिङ नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सम्मिलित गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

यस्तै गठबन्धनले सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा सुविधाजनक बहुमत प्राप्त गरेको छ । सत्ता गठबन्धनतर्फ केही स्थानीय तहको कार्यपालिकामा नेकपा (एकीकृत समाजवादी) बाटसमेत प्रतिनिधित्व भएको छ । एमालेले भने मेरिङ्देन गाउँपालिका, सिदिङ्वा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको कार्यपालिकामा स्पष्ट बहुमत प्राप्त गरेको छ ।

यता स्थानीय तहको कार्यपालिका सदस्य चयनको प्रक्रिया सम्पन्न भएसँगै अब जिल्ला सभा तथा समन्वय समिति चयनको प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिका पदाधिकारी चयनका लागि भने गठबन्धनसँग बहुमतको रहेको छ । नौ स्थानीय तहमध्ये छ मा गठबन्धन दल निर्वाचित भएको छ ।

गबन्धनतर्फ निर्वाचित हुनेमा काँग्रेसका एक प्रमुख र तीन अध्यक्ष, दुई उपाध्यक्ष, माओवादीका दुई अध्यक्ष, तीन उपाध्यक्ष र एकीकृत समाजवादीका एक उपाध्यक्षसमेत मत सङ्ख्या १२ रहेको छ ।

एमालेसँग तीन अध्यक्ष, एक उप्रमुखस र दुई उपाध्यक्षसमेत मत सङ्ख्या छ रहेको छ ।