१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै

अ+ अ-

रामपुर (पाल्पा) । रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अस्पताल विकास समितिले छानबिन समिति गठन गरी प्रक्रिया थालनी गरेको छ ।

छानबिनका लागि अस्पताल प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरेलले छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने बताए । छानबिन समितिले बिरामी नै बोकेको हो भन्ने गल्ती प्रमाण पाएमा चालकलाई कारबाही गर्ने अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिएका छन् । सात दिनभित्र प्रतिवेदन बुझाउन छानबिन समितिलाई उनले निर्देशन दिएका छन् ।

अस्पतालको बा २ झ १७४३ नम्बरको एम्बुलेन्स पाल्पा तानसेनको प्रभासबाट चार यात्रु रामपुर लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्दा केही दिनअघि ट्राफिक प्रहरीको कारबाहीमा परेको थियो । भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा कारबारहीमा परेको हो । पहिलो पटक रहेकाले एक हजार जरिवाना गरी एम्बुलेन्सलाई छोडिएको थियो । प्रभासबाट रामपुरसम्मको एक यात्रुको ६२५ का दरले दुई हजार ५०० भाडा असुलेको बुझिएको छ । प्रचलित भाडादर भन्दा सो भाडादर बढी हो ।

प्रतिक्रिया दिनुहोस