काठमाडौँ । सत्ता गठबन्धनका नेता एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन्।
उनले नागरिकता विधेयक नेपालको हितमा नभएकाले अघि बढाउन नहुने बताए।
उनले भने, ‘नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न मिल्दैन। अहिले ल्याएको नागरिकतासम्बन्धी विधेयक पारित गराउने हो भने नेपालका जनता अल्पमतमा पर्ने र अंगिकृत नागरिक (विदेशबाट) नेपाल आएकाहरु बहुमतमा हुनेछन् ।
उनले फिजीको उदाहरण दिँदै भने, ‘हामीले यो कुरा फिजीमा देखेका छौँ। नागरिकतासम्बन्धी पटक(पटक सर्वोच्चले पनि निर्णय गरेको छ। सत्ता स्वार्थलाई पूरा गर्नको लागि यस्तो काम गर्नु हुँदैन।’
उनले ०७२ को संविधानमा केही त्रुटि भएको त्यसलाई सच्याएर जानुपर्ने बताए। उनले महँगीले नेपाली जनता मारमा परेको बताए।
‘सरकारले महँगीविरुद्ध आश्वासनबाहेक केही गर्न सकेन। आज सुन्नमा आएको छ कि पेट्रोल र डिजेलमा भाउ घटाएको छ रे। अब त्यो पनि व्यापारीले कति मान्ने हो ।’