२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने

अ+ अ-

मान्म । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ ।

रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उपमेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण, जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, द्वन्द्वपीडित, विपन्न दलित परिवारका छात्रछात्रालाई उच्च शिक्षा अध्ययनका लागि ‘मेयर छात्रवृत्ति कोष स्थापना’, रास्कोट बहुमुखी क्याम्पस सञ्चालन गर्ने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।

रास्कोट नगरपालिकाको पहिचानसहित लोगो कायम गरिने, वातावरण संरक्षणका लागि रास्कोट नगरपालिकाको लोगोसहितको झटपट झोला वितरण गरिने, रास्कोट कोसेली घर स्थापना, एक घर एक धारा कार्यक्रमद्वारा स्वच्छ खानेपानीको पहुँचमा विस्तार, पर्यटन प्रवर्द्धनका लागि होमस्टे स्थापना, नागरिक निर्जीवन दुर्घटना बिमा कार्यक्रमको निरन्तरता र रास्कोट नगर अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गर्ने गरी बजेट ल्याएको प्रमुख शाहीको भनाइ छ ।

आरसिपी बजारको विस्तृत सर्वेक्षण गरी व्यवस्थापन गरिने, जल, जङ्गल, जमिन र जनश्रमको परिचालन गर्न नीति अवलम्बन गरिने, पूर्वाधार विकासका लागि भौतिक संरचनाको स्तरोन्नति गरिने, बजेटको उद्देश्य हासिल गर्न प्राथमिकता कायम गरी सङ्घ, कर्णाली प्रदेश निजी क्षेत्रसँग साझेदारीका आधारमा सहकार्य गरिने, कृषि आधुनिकीकरण, व्यावसायिकीकरण र हाइटेक नर्सरीलाई सञ्चालनमा ल्याउने तयारी रहेको उपप्रमुख मनिराज बरालले बताए ।