६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरूले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता–कार्यकर्ताहरूले प्रदर्शन गर्न लागेका हुन् ।

काँग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ । त्यसअघि साढे ११ बजेदेखि नै पार्टी कार्यालय बाहिर प्रदर्शनको कार्यक्रम तय गरिएको छ ।

अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भङ्ग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर कोइराला निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन् । 

१० फागुनमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले अवधि पूरा भएका १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भङ्ग गरेको थियो । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी सङ्घ, किसान सङ्घ, आदिवासी जनजाति सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ, ठाकुर समाज, महिला सङ्घ र भूतपूर्व सैनिक सङ्घको केन्द्रीय कार्य समिति फागुन ३ मा भङ्ग गरिएको थियो ।

सभापति शेरबहादुर देउवाले चारवटा भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै मनोनीत गरेका छन् ।

सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, किसान सङ्घमा गणेश तिमिल्सिना र आदिवासी जनजाति सङ्घमा ओमबहादुर थापालाई मनोनीत गरेका छन् । अरू ६ वटा भ्रातृ संस्थाको मूल नेतृत्व खाली छ ।

प्रतिक्रिया दिनुहोस