१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारी उत्तरगयामा

अ+ अ-

नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना गरेकी छन् ।

नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा उनले जानकारी लिएकी हुन् । आज बिहान नुवाकोट सदरमुकाम विदुरस्थित सैन्य तालिम केन्द्रसम्म हेलिकप्टरमा आएकी राष्ट्रपति भण्डारी विदुरदेखि बेत्रावतीसम्म गाडीमा गएकी थिइन् ।

बेत्रावतीमा उनलाई रसुवा जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याललगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले रसुवा उत्तरगया गाउँपालिका-५ मा रहेको राम मन्दिर र विष्णु पादुकामा पूजा गरेकी थिइन् । मन्दिर क्षेत्रमा उपस्थित जनप्रतिनिधि र स्थानीय अगुवाका कुरा सुनेपछि उनले उत्तरगया क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने र सङ्घीय सरकारलाई पनि जानकारी गराउने बताइन् । राष्ट्रपति भण्डारीले बेत्रावती स्थल धार्मिक हिसाबले महत्त्वपूर्ण स्थान भएकाले यसको विकासमा चासो दिएकी थिइन् ।

जिसस प्रमुख घिमिरेले यहाँको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वको बारेमा जानकारी गराएका थिए । उनले यस स्थललाई बृहत् धामको रूपमा विकास गर्नका लागि भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारीसमक्ष आग्रह गरे । जिसस प्रमुख घिमिरेले भने, ‘यहाँको बृहत्तर विकासको खाँचो छ । राष्ट्रपतिको भ्रमणले यसको प्रचारमा समेत टेवा पुग्ने छ ।’

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बेत्रावती क्षेत्रको बृहत् विकासका लागि स्थानीय सरकारको स्रोत र साधनले नभ्याउने भएकाले सङ्घीय सरकारले नै गुरुयोजना बनाएर लगानी गर्नुपर्नेमा जोड दिँदै पहलका लागि राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए ।

राम मन्दिर संरक्षण समितिका अध्यक्ष सोमलाल लबटले राम मन्दिरको गुठीलाई राजगुठी बनाउन पहल गरिदिन अनुरोध गरे ।

स्थानीयवासीले राष्ट्रपतिसमक्ष उत्तरगया क्षेत्रको विकासका लागि सरकारले चासो नदिएको, गल्छी–त्रिशूली–र सुवागढी त्रिदेशीय राजमार्गको निर्माणमा ढिलो भएको र स्थानीयवासीले मुआब्जासमेत नपाएको गुनासो गरेका थिए ।

राष्ट्रपति भण्डारीले उत्तरगयाधाम अवलोकन पछि विदुरस्थित सैन्य तालिम केन्द्रमा जिल्लाका सङ्घीय र प्रदेश सांसद, जिसस प्रमुखलगायत जनप्रतिनिधि र प्रशासन प्रमुखसँग जिल्लाको वस्तुस्थितिको बारेमा अनौपचारिक कुराकानीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस