६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ ।

ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदल यात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

ढल फुटेर रुद्रमती (धोबीखोला) मा मिसिन थालेको छ । ढल जाम भएर घर–घरमा छिर्न थालेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरे ।

धोबीखोला कोरिडोर बनाउनुअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल विच्छ्याएको थियो ।

त्यसबेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षाद्का सयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ ।

वडाध्यक्ष वीरेन्द्र प्रजापति कालोपुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताउँछन् ।

यस विषयमा अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनीयरलाई जानकारी गराएर स्थलगत रुपमा पनि देखाएको उनले जानकारी गराए ।

अधिकार सम्पन्न वाग्मतीलाई देखाएको एक हप्ता पूरा भए पनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन ।

अधिकार सम्पन्न वाग्मतीले दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ ।

समितिका सूचना अधिकारी कमल अर्याल त्यस क्षेत्रमा भूमिगत गरिएको विद्युत्को लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताउँछन् ।

वर्षाद्मा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस