२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति तथा योजना आयोग कानुन अभावले कमजोर

अ+ अ-

कास्की । प्रादेशिक सरकार सञ्चालनमा सहयोग पुर्‍याउन गठित नीति तथा योजना आयोग कानुन अभावले प्रभावकारी हुन सकेका छैनन् ।

संविधानमा आयोग ऐनअनुसार गठन हुनुपर्ने व्यवस्था भए पनि मधेस प्रदेशबाहेकमा गठन आदेशअनुसार आयोग गठन गरिएका छन् ।

पोखरामा आइतबार-सोमबार बैठक गरेका प्रदेशका आयोग उपाध्यक्ष र सदस्यले ऐन नबन्दा कार्यसम्पादनमा समस्या रहेको बताएका छन् ।

बैठकले संघीयताको विकल्प अन्य व्यवस्था नरहेको भन्दै संघीयता बलियो बनाउन जोड दिएको छ । गण्डकीका आयोग उपाध्यक्ष रघुराज काफ्लेले कानुन अभावमा आयोगको संरचना र जनशक्ति व्यवस्थापन हुन नसकेको बताए ।

आयोगले अनुगमन र मूल्यांकन प्रभावकारी गर्न नसकेको पनि बैठकमा छलफल गरिएको थियो । आयोगको संगठन संरचना प्रदेश सरकारले स्वीकृत गरे पनि संघीय कानुनमा समावेश नभएकाले समन्वय गर्न कठिनाइ भएको निष्कर्ष निकाल्दै बैठकले त्यसलाई संघीय कानुनमा समावेश गर्न प्रदेश सरकार र राष्ट्रिय योजना आयोगमार्फत केन्द्र सरकारलाई अनुरोध गर्नेलगायतका निर्णय गरेको छ ।

वाग्मतीका उपाध्यक्ष कृष्णराज पन्तले प्रादेशिक प्रहरी ऐन, निजामती ऐन, पूर्वाधार, जनशक्ति पर्याप्त नहुँदा समस्या भएको बताए । ‘संघीय सरकारले प्रदेशलाई सहयोग गरेन,’ उनले भने, ‘प्रदेश संरचना संघीयताको पिलर हो । यसलाई बलियो बनाउन प्रदेश सरकार बलियो हुनुपर्छ । प्रदेश सरकार बलियो बनाउन आयोग बलियो हुनुपर्छ ।’ सुदूरपश्चिमका उपाध्यक्ष मोहनदेव विष्टले आयोगहरूको औचित्य र एकरूपता छरछैन भनेर प्रस्ट हुनुपर्ने बताए ।