६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् सरुवा भएका प्रमुख नापी अधिकृतसहित १८ अधिकृत, हेर्नुहोस् को कहाँ ? 

प्रशासन डटकमलाई प्राप्त सरुवा सूचीअनुसार पाँच अधिकृतलाई मन्त्रालयको अतिरिक्त समूहमा सारेर विभिन्न कार्यालयमा काजमा खटाइएको छ।

अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार गरेको सरुवामा परेका १८ अधिकृतको नामावली प्रशासन डटकमले विशेष स्रोतबाट प्राप्त गरेको छ। सूचीमा नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ प्रमुख नापी अधिकृत, एक निर्देशक, एक नापी अधिकृत र एक उपसचिव छन्।

शुक्रबार सरुवा भएका अधिकृतको नामावली र उनीहरूलाई खटाइएका कार्यालयको विवरण मन्त्रालयले सार्वजनिक नगरेको विषयमा प्रशासन डटकमले शनिबार समाचार प्रकाशित गरेको थियो। 

अतिरिक्त समूहमा सरुवा भएका पाँच अधिकृत को कहाँ ? 
नापी विभाग, काठमाडौँका उमेश कुमार गुप्ता र दिनेश काफ्लेलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्दै गुप्तालाई विशेष नापी कार्यालय, लाहान, सिरहा र काफ्लेलाई विशेष नापी कार्यालय, दमक, झापामा काजमा खटाइएको छ।

नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का पूर्ण हरि सुवेदीलाई पनि मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरी विशेष नापी कार्यालय, पाल्पामा काजमा खटाइएको छ। नापी विभागका प्रदीप सापकोटा उपाध्यायलाई पनि अतिरिक्त समूहमा राख्दै डिजिटल नापी कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा काजमा खटाइएको छ। र नापी कार्यालय, बाँकेका राम कुमार बस्नेतलाई पनि मन्त्रालयको अतिरिक्त समूहमा तान्दै भूमि समस्या समाधान समितिको कार्यालयमा काजमा खटाइएको छ।

नापी विभागमा चार अधिकृत

नापी कार्यालय, काभ्रेपलाञ्चोकका अशोक कुमार भुसाल र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, काभ्रेपलाञ्चोकका निर्देशक राम कुमार सापकोटालाई नापी विभाग, काठमाडौँमा सरुवा गरिएको छ। नापी कार्यालय, कोहलपुर, बाँकेका प्रशान्त घिमिरे र विशेष नापी कार्यालय, खाँदबारी, सङ्खुवासभाका नापी अधिकृत हरि शरण नेपाललाई पनि विभागमै सरुवा गरिएको छ।

अन्य कार्यालयमा को कहाँ ? 
नापी विभागका विकास कुमार कर्णलाई नापी कार्यालय, ललितपुर, दयानन्द जोशीलाई नापी कार्यालय, धनुषा र जनक बहादुर भण्डारीलाई नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सरुवा गरिएको छ।

नापी कार्यालय, काभ्रेपलाञ्चोकका सुरेश जोशीलाई नापी कार्यालय, कोहलपुर, बाँकेमा सरुवा गरिएको छ। नापी कार्यालय, विराटनगर, मोरङका गिरीश कुमार लाल कर्णलाई नापी कार्यालय, गौर, रौतहट र नापी कार्यालय, ललितपुरका अजित कुँवरलाई नापी कार्यालय, गौशाला, महोत्तरी पठाइएको छ। नापी कार्यालय, दाङका पुरन चौधरीलाई नापी कार्यालय, बाँकेमा सरुवा गरिएको छ।

सूचीमा साबिक कार्यालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय उल्लेख भएका उपसचिव संजीवन श्रेष्ठलाई नापी कार्यालय, काभ्रेपलाञ्चोक र प्रमुख नापी अधिकृत टिना बैदारलाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ।

सरुवाको आधार खुल्न बाँकी
यसअघि नापी विभागले असोज २४ गते १०३ नापी अधिकृत, ४९८ सर्भेक्षक र २५६ अमिन गरी ८५७ कर्मचारीको सरुवा सूची सार्वजनिक गरेको थियो। सरुवाका आधार र मापदण्डको प्रयोगबारे गुनासो उठेपछि कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट ती सबै सरुवा बदर गरिएको थियो।

विभागले त्यसको भोलिपल्ट सार्वजनिक गरेको ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ मा कार्यालयको कार्यबोझ, कर्मचारीको सेवा अवधि, भौगोलिक क्षेत्र, योग्यता र अनुभवलाई सरुवाका आधार बनाइएको छ। मापदण्डमा सरुवा निर्णय र त्यसका आधार सार्वजनिक गर्ने तथा निर्णय भएको १५ दिनभित्र गुनासो दिन सकिने व्यवस्था छ। 

शुक्रबारको सरुवामा मन्त्रालयले कुन आधार अपनायो र विभागको मापदण्ड मन्त्रालयबाट हुने उपसचिवस्तरको सरुवामा लागू हुन्छ कि हुँदैन भन्ने खुल्न बाँकी छ।

0 Comments