काठमाडौँ । अभिनेता विपीन कार्कीविरुद्ध उजुरी परेको छ । आफ्नो चलचित्र ‘प्रसाद–२’ साइन गरेर छोडेको भन्दै निर्माता सुभाष थापाले विपीनविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् ।
पोखरामा चलचित्र छायांकनका लागि सम्पूर्ण युनिटसहित निर्माण पक्ष पुगे पनि अन्ततः चलचित्र छायांकन सुरु नभइ स्थगीत भएको थियो । विपीनले सम्झौताअनुसार पारिश्रमिक उपलब्ध नगराएको र स्टोरीबोर्ड नदिएको भन्दै सम्झौता बमोजिम नभएसम्म चलचित्र नखेल्ने बताएका थिए ।
संघले उजुरी अध्ययन गरेर उपयुक्त समयमा दुबैजनालाई बोलाएर छलफल गर्ने बताएको छ । संघमा उजुरी तथा विवाद समाधानका लागि न्यायीक समिति छ । उक्त, समितिको सभापति रोज राणा हुन् । सदस्यमा छविराज ओझा र करण श्रेष्ठ छन् ।
