११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुर गुठी जग्गा प्रकरण : गुठी कार्यालयका प्रमुखसहित ३१ जनाविरुद्ध आरोपपत्र दर्ता

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन प्रमुख मधुप्रसाद बस्ताकोटीसहित ३१ जनाविरुद्ध आरोपपत्र दर्ता गरेको छ ।

जनकपुरको पिडारीचोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा पास गरेको आरोपमा विशेष अदालतमा अख्तियारले आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।

गैरकानुनी रूपमा व्यक्ति विशेषको नाममा दर्ता कायम, नापनक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्नको लागि गलत रायसहित टिप्पणी पेस गर्ने तथा स्वीकृत दिने समेतका गैरकानुनी क्रियाकलापमा संलग्न भएको भेटिएको अख्तियारले जनाएको छ ।

तत्कालीन कार्यालय प्रमुख बस्ताकोटीले सरकारको नाममा रहेको सार्वजनिक जग्गा कुमार खड्गविक्रम शाहको नाममा दर्ता कायम हुने गरी मालपोत कार्यालय धनुषालाई पत्र लेखेको पाइएको अख्तियारले बताएको छ । बस्ताकोटीले भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीसँग २९ करोड ८८ लाख ८१ हजार बिगो मागदाबी गरिएको छ । कुमार खड्गविक्रम तत्कालीन राजपरिवारका ज्वाइँ हुन् । उनको नारायणहिटी दरबार हत्याकाण्डमा मृत्यु भएको थियो ।

त्यस्तै मालपोत कार्यालय धनुषाका तत्कालीन नायब सुब्बा यमुनाप्रसाद प‌ंजियारविरुद्ध सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोप छ । उनीसँग पनि २९ करोड ८८ लाख ८१ हजार बिगो मागदाबी गरिएको छ ।

त्यस्तै मालपोत कार्यालय धनुषाका तत्कालीन खरिदार जगदेव कामतीसँग पनि २९ करोड ८८ लाख ८१ हजार बिगो मागदाबी गरिएको छ । त्यस्तै कुमार खड्ग विक्रम शाहले पनि गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव र प्रलोभनमा पारी सरकारलाई हानि पुर्‍याउने काम गरेको अख्तियारको ठहर छ । उनको मृत्यु भइसकेकाले उनका हकवालासँग बिगो र क्षतिपूर्ति भराउन माग गरिएको छ। उनका हकवालाबाट २९ करोड ८८ लाख ८१ हजार बिगो मागदाबी गरिएको छ ।

त्यस्तै कुमार खड्ग विक्रम शाहका नामबाट समेत अन्य व्यक्तिका नाममा पनि जग्गा नामसारी भएको पाइएको छ । ती जग्गा जनकपुरका विभिन्न २७ जनाको नाममा नामसारी भएको अख्तियारले जनाएको छ । उनीहरूबाट उनीहरूको नाममा रहेको सरकारी जग्गा जफत गरी सरकारकै नाममा कायम गराउन मागदाबी गरिएको छ ।

शाहले गुठी संस्थान तथा मालपोतका कार्यालयका कर्मचारीसमेतलाई प्रभाव र प्रलोभनमा पारी धनुषाको साविक पिडारी-५ स्थित कित्ता नम्बर १३२, १३३, १३४, १३५ र कित्ता नम्बर ६ को ८ बिगाहा १० कठ्ठा १२ धुर जग्गा आफ्नो नाममा सारेको अख्तियारको दाबी छ ।

आरोपपत्र !

प्रतिक्रिया दिनुहोस