२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका दुई मन्त्रीले आज राजीनामा दिँदै

अ+ अ-

काठमाडौँ । कर्णाली सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीले आज नै राजीनामा दिने भएका छन्। माओवादी स्रोतका अनुसार सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा आइतबार दिउँसो तीन बजेपछि दिने बताएको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको छ । उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका हुन् । 

मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले आज नै नियुक्त गर्ने माओवादी स्रोतको दाबी छ । शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नयाँ नियुक्त भएका दुई मन्त्रीको शपथ भने आज नभएर सोमबार बिहानसम्म हुने भएको छ। माओवादी स्रोतका अनुसार सांसद रातो कामी गृह जिल्ला भएकाले वीरेन्द्रनगर फर्किन समय लाग्ने यदि वीरेन्द्रनगर समयमै पुगेपछि आज साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण हुने र ढिलो भएमा सोमबार बिहान ११ बजे हुनेछ ।

कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्‍याउन मन्त्री बनाउन हो। दुई प्रदेशसभा सदस्यले माओवादी पार्टीबाट राजीनामा दिएपछि हाल कर्णाली प्रदेशसभामा माओवादीका ११ सदस्य छन्।