२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप सर्वाधिक टी-२० विकेट लिने बलरको शीर्ष स्थानमा, बनाए यस्तो रेकर्ड

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सन् २०२२ मा सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।

मंगलबार केन्याविरुद्ध २ विकेट लिएसँगै सन्दीपले २०२२ मा आफ्नो विकेट संख्या ३८ पुर्‍याएका छन्।

केन्याविरूद्धको पाँच खेलको सरिजमा सन्दीपले १२ विकेट लिए। पाँच मध्ये तेस्रो खेलमा विकेटविहीन बनेका सन्दीपले पहिलो खेलमा २ र दोस्रो खेलमा ३ विकेट लिएका थिए।

चौथो खेलमा ५ विकेट लिन ९ रन खर्चिएका सन्दीपले पाँचौँ खेलमा २ विकेट लिएका हुन्। सन्दीप प्लेयर अफ दि सिरिज समेत घोषित भए।

सन्दीपले सन् २०२२ मा १८ खेलमा ३८ विकेट लिइसकेका छन्।

यसअघि सन् २०२१ मा सर्वाधिक विकेट लिएका श्रीलङ्काका विनन्दू हर्षरंगा डे सिल्भा र दक्षिण अफ्रिकाका तब्राइज शाम्सीले ३६-३६ विकेट लिएका थिए। यो नै एकै वर्षमा सर्वाधिक विकेट लिने कीर्तिमान थियो। जुन कीर्तिमान सन्दीपले अहिले नै तोडिसकेका छन्।

सन् २०२२ मा सर्वाधिक टी(२० विकेट लिने खेलाडीको सूचीको दोस्रो स्थानमा आयरल्यान्डका जोस लिटल छन्। उनले सन् २०२२ मा १९ खेलमा २८ विकेट लिएका छन्। तेस्रो स्थानमा रहेका भारतका भुवनेश्वर कुमारले १८ खेलमा २४ विकेट हात पारेका छन्।

सन् २०२२ को बाँकी चार महिनाको अवधिमा नेपालले अब कुनै अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका छैन। तर आयरल्यान्ड र भारतले भने टी(२० विश्वकपमा र अन्य सिरिज खेल्दैछन्। जसका कारणले सन्दीपलाई भुवनेश्वर र लिटलले पछि पार्ने सम्भावना भने छ।

यता कप्तान सन्दीप टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दश भित्र परेका छन्।

शीर्ष स्थानमा रहेका बंगलादेशका सकिब अल हसनले सय टी-२० खेलमा १२२ विकेट लिएका छन्। दोस्रो स्थानका अफगानिस्तानका रासिद खानले ६८ खेलमा ११५ विकेट लिइसकेका छन्।

नेपालका कप्तान सन्दीप सर्वाधिक टी(२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको नवौँ स्थानमा छन्। सन्दीपले सन् २०१८ देखि अहिलेसम्म ४४ खेलमा ८५ विकेट लिइसकेका छन्।