२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जागिर लाइदिने भन्दै भारत पुर्‍याएर झिकियो मिर्गौला, ४ जना जेल चलान

अ+ अ-

काठमाडौँ । रवि (नाम परिवर्तन) विवाह, व्रतबन्धमा बाजा बजाउनमा पोख्त छन् । उनको परिवारको गुजारा बाजाबाटै धानिएको थियो ।

२०७८ वैशाखमा नुवाकोट छहरेका मुरली दमाईले रविलाई बाजा बजाउन निम्तो दिन राजेश परियारको मोबाइलबाट फोन गरे ।

व्रतबन्धमा बाजा बजाउने बाहानामा भेटेका रविलाई मुरली दमाई, राजेश परियारलगायतले भेटको उद्देश्य प्रष्ट पारे । बाजा बजाएर पर्याप्त कमाई देखिएन भारतको एक मस्म पसलमा मासिक ३० हजार भारु तलबमा काममा लगाई दिन्छौं भन्दै प्रलोभनमा पारे । रवि भारत पुगेर मस्म पसलमा काम गर्न तयार भए ।

मुरली दमाईले रविलाई राजु परियार र राजेश नेपालीको जिम्मा लगाएर नुवाकोटबाट गाडीमा चढाई काठमाडौं पठाए । काठमाडौँ सामाखुसीमा रहेका सुवास नेपालीसँग उनीहरुको भेट भयो । सुवास नेपालीले रविलाई एक मेडिकलमा रगत जाँच गराए र सोही साँझ दुई जना पुरुषको साथ लगाई काठमाडौँबाट काँकडभिट्टा हुँदै कोलकात्ता पुर्‍याए ।

भोलिपल्ट रविलाई ती दुई पुरुषले कलकत्ताको मुकुन्दपुरको एक मस्म पसल पुर्‍याए । ‘काम गर्ने ठाउँ यही हो भन्दै बाहाना बनाए, खाजामा मस्म खुवाए,’ पीडितलाई उदृत गर्दै मानव बेचबिखन अनुसन्धान ब्युरोका एक अनुसन्धान अधिकृतले भने, ‘म ममा लठ्याउने औषधि राखेको रहेछ, म म खाएपछि रवि बेहोस भएछ ।’ बेहोस अवस्थामै रविलाई रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएर ती दुई नेपाली बेपत्ता भए । ‘होसमा आउँदा रवि एक मिर्गौला पीडित भारतीयको घरमा थिए, मलाई किन यहाँ ल्याइयो भन्दा भारतीयले मिर्गौला झिक्न भनेछन्, ‘मिर्गौला दिन इन्कार गर्दा उनलाई बन्धक बनाइएछ,’ अनुसन्धान अधिकृतले भने ।

रविले मिर्गौला दिन इन्कार गर्दा झन्डै ५ महिनासम्म बन्धक बनाएर खानरबस्न दिएर राखेर मिर्गौला झिकेको अनुसन्धानमा खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्लले बताए । मिर्गौला दिन इन्कार गर्दागर्दै पीडित रविलाई सुई लगाई अचेत बनाएर मिर्गौला झिकी भारतीय एक पुरुषलाई प्रत्यारोपण गराएको पाइएको उनले बताए ।

६ लाख भारुमा रविको मिर्गौला बिक्री भएको पाइएको छ । मिर्गौला झिकेर भारतीयलाई प्रत्यारोपण गराई दुवै (मिर्गौला दिनेरलिने)को स्वास्थ्य अवस्था ठीक भएपछि पीडित रविलाई २०७९ असार ७ गते नेपाल ल्याएर छोडेको पाइएको ब्युरोले जनाएको छ । मिर्गौला बेचबिखन भएको घटनाको सूचनाको आधारमा ब्युरोले २०७९ साउन २१ गते नुवाकोट शिवपुरी गाउँपालिका–७ छहरेका ४६ वर्षीय मुरली दमाई, ३० वर्षीय राजु नेपाली, नुवाकोट शिवपुरी गाउँपालिका–६ खोलेगाउँका २६ वर्षीय राजेश परियार र ३० वर्षीय सानु भन्ने सुवास नेपालीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

मिर्गौला बेचबिखनको आरोपमा पक्राउ परेका चारै जनाविरुद्ध पीडितले साउन २२ गते किटानी जाहेरी दिएको ब्युरोका प्रवक्ता एसपी मल्लले बताए । ब्युरोले उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनीहरु विरुद्ध पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार मुरली दमाईले मिर्गौलाग्रहणकर्ताको आवश्यकता अनुसारको मिर्गौला दाता खोज्ने, प्रलोभनमा पारेर अन्य सहयोगीमार्फत एक ठाउँबाट अर्को ठाउँमा मानिस पठाउने, भेट सम्पर्क गराउने गर्दै आएको अनुसन्धानमा खुलेको छ । राजुले मुरली दमाईले पठाएका मानिसहरुलाई उनले भनेको ठाउँ सम्म पुर्‍याई भेट गराउने र पैसा लिएर भारत लैजाने मान्छेको जिम्मा लगाउने गरेको पुष्टि भएको छ ।

राजेश परियारले मुरली दमाईले पठाएका मानिसहरुलाई एकीन ठेगानासम्म पुर्‍याई मानिसहरुसँग भेट गराई पैसा लिई भारत लैजाने मानिसको जिम्मा लगाउने र मिर्गौला बिक्री गरेको पैसा पीडितसँग मिलेर लिने, सुवास नेपालीले राजेशलगायको निर्देशनमा मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने मिर्गौलादाताको खोजी गर्न अन्य मानिस परिचालन गर्ने, पीडितको स्वास्थ्य जाँच गराउने, मिर्गौलादाता खोज्ने क्रममा सहयोग गर्ने आफ्ना सहयोगीलाई भूमिका अनुसार पैसा वितरण गर्ने र भारत लैजान मानिसको जिम्मा लगाई मिर्गौलाझिक्न भारत पठाउने गरेको खुलेको ब्युरोका प्रवक्ता एसपी मल्ल बताउँछन् ।

मुरली दमाईले १७ वर्षअघि आफूले पनि तस्करीको प्रलोभन परेर भारत पुगेर मिर्गौला बिक्री गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । ‘सुरुमा आफैं पीडित भए, मिर्गौला दिए,’ एसपी मल्लले भने, ‘अहिले उनी आफैँ मिर्गौला झिकाउने उत्प्रेरक बनेका छन् । सर्वसाधारणलाई मिर्गौला बिक्री गर्ने प्रलोभनमा पार्दै आएका रहेछन् ।’

ब्युरोले यसअघि मिर्गौला झिकेको खत देखाएर तस्करी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको थियो । गत साउनमा पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन ओसारपसार (नियन्त्रण० ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।‍