२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव प्रभावित पार्न सरकारले व्यापक कर्मचारी सरुवा गर्‍यो : एमाले

अ+ अ-

काठमाडौँ । सरकारले आगामी निर्वाचन प्रभावित पार्नका लागि कर्मचारी र प्रहरी सरुवालाई व्यापक बनाएको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित पार्न प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारी, जिल्ला प्रहरी प्रमुखको सरुवा गरेको आरोप लगाएका हुन् ।

प्रमुख सचेतक भट्टराईले भने– ‘आसन्न निर्वाचनलाई प्रभावित पार्ने गरी आस्थाका आधारमा आफ्ना मान्छेहरू छानी छानी जिल्ला जिल्लामा प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई पठाउने काम भएको छ । स्थानीय तहमा पनि त्यसरी नै प्रमुख प्रशासकीय अधिकृत खटाउने काम भएको छ । यो तरिकाले निर्वाचनलाई प्रभावित पार्ने गरी आफ्ना मान्छेहरू छानी छानी लाने काम गरिएको छ ।’

उनले स्थानीय तहको निर्वाचनका बेला प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला जिल्लामा विपक्षीहरूलाई, राजनीतिक आस्था नमिल्ने दलहरूलाई चरम दमन गरेको आरोप लगाए । एमालेले उनीहरूसँग खास खास ठाउँमा प्रतिरोध गरे पनि आस्थाका आधारमा विभेद गरेको उल्लेख गरे ।

उनले भने- ‘आस्थाका आधारमा भएको विभेदले त्यतिबेला स्वतन्त्र ढङ्गले मतदान गर्ने स्थिति सिर्जना भएन । रिक्त भएको ठाउँमा पठाउने हो भने निर्वाचन आयोगको अनुमतिले पठाउने कुरामा हामीलाई केही आपत्ति छैन, तर रिक्त भएको ठाउँमा हैन, सरुवा गरी गरी आफूलाई सघाउने र मिल्ने भए झन्डै बोक्ने मान्छेहरूलाई सरुवा गर्ने काम अहिलेको सरकारले गरिरहेको छ ।’

उनले एमालेले आफ्नो नेतृत्वमा चुनाव गराउँदा त्यसरी नगरेको उल्लेख गर्दै सरुवा भएर गएका कर्मचारीहरूलाई आस्थाका आधारमा कुनै अन्याय गर्न थालियो, मतलाई प्रभाव पार्ने काम भयो भने एमालेले प्रतिवाद गर्ने चेतावनी दिए । उनले हिजो आज भएको सरुवा बन्द गर्न र थप सरुवा नगर्न आग्रह गरे ।