२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्कटमा परम्परागत पानी घट्ट, जातो र ओखल

अ+ अ-

भजनी । दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा दैनिक मजदूरी र पानीघट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ । अछामको रामारोशन गाउँपालिका-१ का बालाराम परियारको दैनिक जीवन यसरी नै बित्दै आएको छ । कैलाश खोलाको किनारमा भएको एक पानीघट्टले अझै पनि बालारामको १० जनाको परिवार पालिन्छ ।

‘खेतीबारी केही नहुँदा दिनभर मजदूरी वा त्यही पानीघट्ट चलाएर नै परिवार पाल्ने आधार बन्दै आएको छ, ‘ उनी भन्छन्, ‘त्यही घट्टले मेरो बुबाले गुजारा चलाए, मेरो पनि आधा उमेर त्यही घट्टका ढुङ्गा पल्टाएर बित्यो ।’ अहिले बालाराम ७० वर्ष पुगे पनि उनको जोश र जागर अहिले पनि तन्नेरीकै जस्तो छ । अझै पनि कैलाश खोलाका ढुङ्गा पल्टाउने गरेका उनी घट्टमा गेडागुडी पिसाउन आएकासँग केही पिठो लिन्छन् । त्यसको कुनै नापजाँच भने हुँदैन । जस्ले जति दियो त्यतिमै चित्त बुझाउनुपरेको बालाराम बताउछन् ।

‘यति चाहिन्छ भनेर माग्ने चलन छैन । जति दियो त्यतिमै चित्त बुझाउनुपर्छ ।’ उनले भन्छन्, ‘दिनमा दुईदेखि पाँच केजीसम्म पिठो भइहाल्छ ।’ गाउँमा त्यो बेला एक दर्जनभन्दा बढी पानी घट्ट रहेकामा अहिले बालारामको मात्रै छ । विसं २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले दर्जनौंँ पानीघट्ट बगाएपछि घट्ट सञ्चालकले त्यसपछि त्यो पेसालाई निरन्तरता दिन छोडेका हुन् ।

‘गाउँगाउँमा बिजुली बत्ती पुगेपछि मिल पनि सञ्चालनमा आएका छन् । पहिलेको जस्तो पानी घट्टको महत्व पनि छैन ।’ स्थानीय दाताराम खनाल बताउछन्, ‘पैसा नहुने, घट्टमै पिसेको पिठो राम्रो मान्ने मात्रै घट्टमा आउँछन्, नभए पानी घट्ट विस्थापित हुने अवस्थामा पुगिसकेको छ ।’उनी परम्परागतरुपमा पुर्खाले बनाएका पानी घट्टको अस्तित्व लोप हुने अवस्थामा पुगेको गुनासो गर्छन् ।

त्यतिबेला खानको लागि निकै अभाव हुँदा, खेतीपाती नभएका अधिकांशको सहारा पानीघट्ट हुन्थ्यो । नदीको किनारमा निर्माण हुने अधिकांश पानी घट्टमा मेहनत भने निकै हुन्थ्यो ।

ग्रामीण बस्तीका लागि पानीघट्ट एक महत्वपूर्ण आवश्यकताको वस्तु हो । गेडागुडी पिसेर पिठो बनाउन पानीघट्ट र जातोको प्रयोग हुँदै आएको छ । जाँतोकोे विकल्पमा प्रयोग हुने गरे पनि पानीघट्ट ग्रामीण क्षेत्रको लागि महत्वपूर्ण साधनको रुपमा लिने गरिएको रामारोशन गाउँपालिका–१ का वडाध्यक्ष चक्रबहादुर साउद बताउछन्।

‘पानीघट्ट, जाँतो र ओखलसँग हाम्रो नजिकैको सम्बन्ध छ । यसको संरक्षण र सम्बर्द्धन निकै आवश्यक छ ।’वडा अध्यक्ष साउद भन्नुहुन्छ, ‘सङ्कटमा रहेका यस्ता वस्तुलाई संरक्षण गरी राख्न सके भाबी सन्ततिका लागि इतिहास बन्न सक्छ ।’त्यस्तै ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो । पिसानीका लागि पानीघट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो । अहिले पुरानो पानीघट्ट, जातो र ओखलको अस्तित्व हराउँदै गएको छ ।

कल्धरी विक कुनैबेला बिहान ३/४ बजे उठ्थे । बिहानको चुलोचौको भन्दा पहिले ओखलमा धान कुट्नु उनको नियमित काम हुन्थ्यो । ‘साना छोराछोरी, परदेशीएका श्रीमान्, कामको चाप ।’उनले भन्छन्, ‘छोराछोरी उठ्नुभन्दा पहिला सबै काम सक्नु पर्थ्यो । उनीहरुलाई खाजा खुवाएर मेलापात जानु हाम्रो दैनिक काम थियो ।’

अहिले अवस्था फेरिएको छ । गाउँमा मिल सञ्चालनमा आएपछि ओखल कल्धरीले चलाउनै परेकोे छैन । मिलले गर्दा कल्धरी मात्रै होइन कैयौँ महिलालाई त्यस्ता कामबाट फुर्सद मिलेको छ । दिनभर बाहिरी कामको चटारोमा रहने महिला बिहानको समय धान कुटेर चामल बनाउन ओखलमै व्यस्त हुनेगर्थे ।’दिनभरको कामको थकानले छिट्टै निदाएछु । निद्रामा पनि भोलिको कामको चिन्ता थियो ।

हातमा घडी थिएन । असोजको महिना खेती भित्राउने चटारोमा आधा रातमै धान लिएर ओखल पुगेकी रहेछु ।’ विगतका दिन स्मरण गर्दै नामसरा खनाल भन्छन्,’धान कुटेर फेरि दुई/अढाइ घण्टा सुतेपछि मात्र उज्यालो भयो । त्यो बेलाको दुःख र अहिलेको सुविधा सम्झदा अहिले पनि मन थाम्न गाह्रो हुन्छ ।’

स्थानीयवासी चन्द्रा परियार यति छिटो समय परिवर्तन भएकामा अचम्म मान्छिन् । मट्टितेलबाट लाल्टिन र टुक्कीको सहारामा आधा जीवन बिताएकी उनीलाई कहिलेकाहीँ एकाएक भएको परिवर्तन सपना जस्तै लाग्ने गरेको छ । उनी गाउँगाउँमा बिजुली आएपछि मिल सञ्चालन भएर कुटानीपिसानीमा सहज भए पनि पुरानो परम्परा हराउँछ कि भन्ने चिन्ता पनि बढेको बताउछिन् ।

‘घरघरमा बिजुली पुग्यो । गाउँमा यातायात पुग्यो । सबै कुराले सहज भएको छ ।’चन्द्रा भन्छिन्, ‘यहीँ सुविधा र सहजताले हाम्रा पुर्खाको दैनिक उपयोगका सम्पत्तिको अस्तित्व हराउँदै जाने त होइन?’ गाउँमा सबै कुराको सहजता भएपछि पहिलेको जस्तो कामको चटारो पनि हटेको छ । नागरिक फुर्सदिला भएका छन् ।

पिठ्यूँमा भारी बोकेर मेलापात जानुपर्ने बाध्यता टरेको छ । दिनभर घट्टमा पालो कुरेर बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । त्यस्ता कयौँ समस्याबाट छुटकारा पाए पनि पुर्खौदेखिको परम्परागत संरचनाको अस्तित्व नै समाप्त हुने चिन्ता पनि बढ्दै गएको छ ।