२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवदेखि सहयोगीसम्मका गरी २५७७ दरबन्दी काटियो, कुन निकायमा कति ?

मन्त्रालय तथा मातहतका संरचनाको संगठन तथा व्यवस्थापन सर्वेक्षणपछि विभिन्न मन्त्रालय तथा मातहतका निकायहरूको उपलब्ध विवरणमा साबिक २२ हजार २४६ दरबन्दी १९ हजार ६६९ मा कायम भएका छन्। समग्रमा खुद २ हजार ५७७ दरबन्दी घटेका छन्।

अ अ+ अ-

काठमाडौँ । संघीय सरकारका मन्त्रालय तथा मातहतका पुनःसंरचित निकायमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) पछि विशिष्ट श्रेणी अर्थात् सचिव तहदेखि श्रेणीविहीनसम्मका गरी खुद २ हजार ५७७ दरबन्दी घटेका छन्।

प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त अन्तिम विवरणअनुसार ओएण्डएमअघि समेटिएका संरचनामा २२ हजार २४६ दरबन्दी रहेकामा पुनःसंरचनापछि १९ हजार ६६९ दरबन्दी कायम गरिएको छ। यसअनुसार साबिकको तुलनामा २ हजार ५७७ दरबन्दी कम भएका हुन्।

तर यो कटौती सबै मन्त्रालय, सेवा वा श्रेणीमा समान छैन। कतिपय मन्त्रालय तथा सेवामा उल्लेख्य दरबन्दी घटाइएको छ भने नयाँ कार्यजिम्मेवारी तथा पुनःसंरचनाअनुसार केहीमा पद थपिएका छन्। त्यसैले २ हजार ५७७ लाई घटाइएका सबै पदको मात्र जोड नभई थपिएका र घटाइएका पद समायोजनपछिको खुद अन्तरका रूपमा बुझ्नुपर्ने हुन्छ।

मन्त्रालयगत विवरणमा सबैभन्दा धेरै कृषि, वन तथा वातावरण मन्त्रालयमा १ हजार ५६२ दरबन्दी कम भएका छन्। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ४७० र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १६१ दरबन्दी घटेका छन्।

कृषि-वनमा सबैभन्दा धेरै कटौती, गृहमा ९३ थपिए
अन्तिम मन्त्रालयगत विवरणअनुसार अर्थ मन्त्रालयमा साबिक ३ हजार ११ दरबन्दी रहेकामा २ हजार ९१० कायम गरिएको छ। यसअनुसार अर्थमा १०१ पद घटेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ८०३ बाट ६९६ कायम हुँदा १०७, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा १२४ बाट ११४ हुँदा १० दरबन्दी घटेका छन्।

सबैभन्दा ठूलो परिवर्तन कृषि, वन तथा वातावरण मन्त्रालयमा देखिएको छ। त्यहाँ साबिक ६ हजार २१६ दरबन्दीबाट ४ हजार ६५४ कायम गरिएको छ। अर्थात् १ हजार ५६२ पद कम भएका छन्।

गृह मन्त्रालयमा भने दरबन्दी घटेको छैन। साबिक ४ हजार ५२९ बाट ४ हजार ६२२ कायम हुँदा ९३ पद थपिएका छन्। पूर्वाधार विकास मन्त्रालयमा साबिक २९१ बाट ३१४ कायम हुँदा २३ पद थपिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९५३ बाट ९४९ कायम गरिएको छ। यहाँ चार पद घटेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा साबिक ४१८ बाट २७९९ कायम गरिएको छ। यसअनुसार १३९ दरबन्दी कम भएका छन्।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा भने १६० बाट १८३ कायम गर्दै २३ पद थपिएका छन्।युवा तथा खेलकुद मन्त्रालयतर्फ साबिक ५७ दरबन्दी रहेकामा खारेजीमा परेसँगै सबै काटिएका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयमा ३७१ बाट ३४६ कायम हुँदा २५, रक्षा मन्त्रालयमा ८३ बाट ६५ हुँदा १८ पद घटेका छन्। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयतर्फ नयाँ संरचनामा ९० दरबन्दी कायम गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा साबिक ९८६ बाट ९०४ कायम हुँदा ८२, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ७९८ बाट ६३७ हुँदा १६१, सूचना तथा सञ्चार मन्त्रालयमा २३३ बाट १८१ हुँदा ५२ पद घटेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा साबिक १ हजार ९१४ बाट १ हजार ८९६ कायम हुँदा १८ पद घटेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा साबिक १ हजार २९९ दरबन्दीबाट ८२९ कायम गरिएको छ। यहाँ ४७० दरबन्दी कम भएका छन्।

सोमबारसम्म टुंगो लागेका निकायहरूको अन्तिम दरबन्दी विवरण यस्तो रहेको छ भने परराष्ट्र मन्त्रालयको सिंगो दरबन्दी नै टुंगिएको छैन। त्यसैगरी अन्य आयोग तथा निकायलगायत संघीय निकायहरूको पनि बाँकी नै छ।

सेवाश्रेणी/तहसाबिकप्रस्तावितफरक
विशिष्टविशिष्ट३५२५-१०
विशिष्ट सरह२१-१
विशिष्ट जम्मा३७२६-११
आर्थिक योजना तथा तथ्यांकरा.प.अनं.द्वितीय६३६२-१
रा.प.अनं.प्रथम९९८६-१३
रा.प.तृतीय९३९२-१
रा.प.द्वितीय५१४६-५
रा.प.प्रथम४४०
आर्थिक योजना तथा तथ्यांक जम्मा३१०२९०-२०
नेपाल इन्जिनियरिङ्गरा.प.अनं.द्वितीय१४११२२-१९
रा.प.अनं.प्रथम४५०३१७-१३३
रा.प.तृतीय७६२७६८६
रा.प.द्वितीय३४२३१५-२७
रा.प.प्रथम९१६७-२४
विशिष्ट११०
नेपाल इन्जिनियरिङ्ग जम्मा१७८७१५९०-१९७
नेपाल कृषिरा.प.अनं.द्वितीय८६८५-१
रा.प.अनं.प्र.प्रा.३-३
रा.प.अनं.प्रथम२७८२५३-२५
रा.प.तृ.प्रा.२-२
रा.प.तृतीय४५०३९९-५१
रा.प.द्वितीय२१४१७२-४२
रा.प.प्रथम३८३३-५
रा.प.द्धि.प्रा.१-१
नेपाल कृषि जम्मा१०७२९४२-१३०
नेपाल न्यायरा.प.अनं.द्वितीय७४-३
रा.प.अनं.प्रथम३०२०-१०
रा.प.तृतीय९३१०५१२
रा.प.द्वितीय५३५४१
रा.प.प्रथम१३१४१
नेपाल न्याय जम्मा१९६१९७१
नेपाल परराष्ट्ररा.प.तृतीय११०
नेपाल परराष्ट्र जम्मा११०
नेपाल प्रशासनरा.प.अनं.तृतीय३०-३
रा.प.अनं.द्वितीय९६६८०३-१६३
रा.प.अनं.प्रथम२९२०२७३८-१८२
रा.प.तृतीय१८९५१८२९-६६
रा.प.द्वितीय५९५५४५-५०
रा.प.प्रथम१६५१३१-३४
वेग अनुसार१०-१
नेपाल प्रशासन जम्मा६५४५६०४६-४९९
नेपाल वनरा.प.अनं.चतुर्थ५००-५०
रा.प.अनं.तृतीय३०-३
रा.प.अनं.द्वितीय२८२३११२९
रा.प.अनं.प्रथम२४६२२९-१७
रा.प.तृतीय२४२२२९-१३
रा.प.द्वितीय११११०५-६
रा.प.प्रथम२२१६-६
नेपाल वन जम्मा९५६८९०-६६
नेपाल विविधरा.प.अनं.चतुर्थ४०४४०७३
रा.प.अनं.तृतीय९६८९-७
रा.प.अनं.द्वितीय१६३१५६-७
रा.प.अनं.प्रथम८२२७१९-१०३
रा.प.तृतीय२९९२९७-२
रा.प.द्वितीय४७५३६
रा.प.प्रथम७७०
नेपाल विविध जम्मा१८३८१७२८-११०
नेपाल शिक्षारा.प.अनं.द्वितीय४९२८-२१
रा.प.अनं.प्रथम३०९३१७८
रा.प.तृतीय२८४२८९५
रा.प.द्वितीय११८११०-८
रा.प.प्रथम१६१३-३
नेपाल शिक्षा जम्मा७७६७५७-१९
नेपाल स्वास्थ्यतह ११३२३२०
तह १२१०-१
तह ४/५/६८९८८-१
तह ५५१२७
तह ५/६३३०
तह ५/६/७११९५१२०२७
तह ७०४४
तह ७/८११९११९०
तह ८२४७२५१४
तह ९/१०२८०२७७-३
रा.प.अनं.प्रथम११०
रा.प.तृतीय२२०
१२ तह२०-२
नेपाल स्वास्थ्य जम्मा१९७६१९९११५
महिला सिप विकासचौथो/तेस्रो/दोस्रो/सहयोगी९९०
महिला सिप विकास जम्मा९९०
शसस्त्र वन रक्षक(खाली)१००५०-१००५
शसस्त्र वन रक्षक जम्मा१००५०-१००५
श्रेणी विहिनश्रेणी विहिन५६३३५११४-५१९
श्रेणी विहीन१०५८८-१७
श्रेणी विहिन जम्मा५७३८५२०२-५३६
कुल जम्मा२२२४६१९६६९-२५७७

0 Comments