काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मातहत कार्यरत ३९ जना सहसचिवको पदस्थापन, सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। जिम्मेवारी हेरफेरमा नौ जना उपमहानिर्देशक र चार जना उपकार्यकारी निर्देशकसमेत परेका छन्।
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार केही दिन मन्त्रालयले प्रशासन सेवाका एक जनासहित विभिन्न सेवाका ३९ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयले मातहतका निकायमा सहसचिवस्तरका कर्मचारीको जिम्मेवारी मिलाउने क्रममा उपमहानिर्देशक र उपकार्यकारी निर्देशकको जिम्मेवारीसमेत हेरफेर गरेको छ।
तर पछिल्लो जिम्मेवारी मिलानलाई लिएर केही सहसचिवले असन्तुष्टि जनाएका छन्। उनीहरूले कर्मचारीको विज्ञता र अनुभवअनुसार जिम्मेवारी नदिइएको गुनासो गरेका हुन्।
कतिपय सहसचिवले आफ्नो विज्ञतासँग मेल नखाने जिम्मेवारी दिइएको बताएका छन् भने केहीले प्रशासनिक नेतृत्वले आफूअनुकूल कर्मचारीलाई रोजाइका जिम्मेवारीमा खटाएको आरोप लगाएका छन्।
कर्मचारीको पदस्थापन तथा जिम्मेवारी मिलान प्रशासनिक व्यवस्थापनको नियमित प्रक्रिया भए पनि जिम्मेवारी तोक्दा सम्बन्धित कर्मचारीको विज्ञता, अनुभव र कार्यक्षेत्रलाई आधार बनाउनुपर्ने विषय कर्मचारी वृत्तमा उठेको छ।
हेर्नुहोस् सूची :






