१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लवको नाम अब ‘विप्लव सी’

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले अब आफ्नो नाममा थपघट गर्ने भएका छन् । उनी मात्रै होइन, उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध सबैले आफ्नो नामका पछाडि अनिवार्य रूपमा ‘सी’ लेख्नुपर्ने छ । जसलाई विप्लवले ‘कम्युनिस्ट साम्यवादी’ नयाँ जाति निर्माण गरेको रूपमा अर्थ्याएका छन् ।

कपिलवस्तुको शिवगढीमा २५ असोजदेखि जारी उनी नेतृत्वको पार्टीको नवौँ महाधिवेशनलाई बुधबार समापन गर्ने क्रममा विप्लवले यस्तो प्रस्ताव गरेका थिए । महाधिवेशन हलले उनको प्रस्ताव अनुमोदन समेत गरेको थियो ।

विप्लवले गर्न खोजेको प्रयोग नयाँ भने होइन । कम्युनिष्यहरुले आफ्नो थर जनाउने नामलाई धेरै प्रयोग नगरी उपनामबाट आफूलाई चिनाउने गर्छन् । माओवादी सशस्त्र युद्धका बेला पनि यो अभ्यास गरेको थियो ।

विप्लवले राखेको दोस्रो प्रस्ताव श्रम अभियानबारे थियो । हरेक दुई महिनामा अनिवार्यरुपमा एक दिन भौतिक श्रम गर्ने पर्ने उनको प्रस्तावलाई पनि महाधिवेशन हलले अनुमोदन गरेको छ ।

तेस्रो प्रस्तावमा रूपमा उनले ‘केन्द्रीय शहीद, बेपत्ता तथा घाइते कोष’ बनाउने विषय राखेका थिए । कोषले घर नहुने शहीद, बेपत्ताको घर निर्माण गर्ने दाबी विप्लवको छ ।

राष्ट्रिय स्वाधीनता र समाजवादी सत्ता निर्माणको कार्यनीति लिएको भन्दै विप्लवले आफ्नो प्रभाव क्षेत्रमा ‘जनसत्ता’ ब्युँताउने समेत बताए ।

युद्धका बेला तत्कालीन नेकपा माओवादीले आफ्नो प्रभाव क्षेत्रमा यस्तै अभ्यास गर्ने गर्दथ्यो । जनसत्ताका नाममा कतिपय स्थानमा जनतालाई दुःख दिएको भन्दै आलोचना समेत हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस