८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु पौडेलको सम्पत्ति छानबिन गर्न माग

अ+ अ-

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले रुपन्देही-२ मा मङ्सिर ४ को निर्वाचनमा एमालेलाई परास्त गरेरै छोड्ने बताएका छन् । उनीहरूले एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेललाई पराजित गर्न गठबन्धनका उम्मेदवार सफल हुने विश्वास व्यक्त गरे ।

बुटवलको नयाँ गाउँमा सोमबार चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै नेताहरूले यस्तो बताएका हुन् । प्रतिनिधि सभातर्फ गठबन्धनका साझा उम्मेदवार एवं राष्ट्रिय जनमुक्ति पार्टीका नेता केशवबहादुर थापा (सूर्यवंशी) ले नेकपा एमालेले पटक-पटक देशको संविधान मिच्ने कोसिस गरेकाले संविधानका रक्षक गठबन्धनका उम्मेदवारले जीत हासिल गर्नुपर्ने विचार व्यक्त गरे । एमालेले जिते फेरि संवैधानिक सङ्कट ल्याउन सक्ने भन्दै दुई पटकसम्म संसद विघटन गरेर देशमा राजनीतिक अस्थिरता एमालेले गराएको उनले तर्क गरे । गठबन्धनका उम्मेदवारले नजिते फेरि देशमा अझै धेरै राजनीतिक सङ्कट उत्पन्न हुने उल्लेख गरे । देशमा वैदेशिक ऋणको भार थपिँदै जानु राजनीतिक अस्थिरताकै कारण भएको भन्दै उनले अब राजनीतिक स्थिरताका कायम गर्नुपर्ने र समृद्धिको यात्रा तय गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता युवराज गिरीले रुपन्देही २ मा यो पटक एमालेको पराजय निश्चित रहेको दाबी गरे । बलियो गठबन्धन रहेकाले कसैले पनि दायाँबायाँ नगरी भोट हालेर गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

रुपन्देही २ मा चुनाव परिचालन समितिका संयोजक तथा एकीकृत समाजवादीका नेता राजु गुरुङले एमालेका उम्मेदवार विष्णु पौडेललाई पराजित गरेरै छोड्ने बताए । उनले विष्णु पौडेलको आम्दानीको स्रोत पनि खोज्नुपर्ने उल्लेख गरे । उनले भने, ‘विष्णु पौडेलले न कुनै जागिर गरे, न कुनै पेसा व्यवसाय गरे तर काठमाडौँमा आलिसान घर तथा २० औँ करोडको सम्पत्ति कसरी आर्जन गरे ?’ पौडेलको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस