काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश संरचनालाई बलियो बनाउन पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पनि नलागेको आरोप लगाएका छन् ।
“प्रदेश बलियो बनाउन ओली सरकार मात्र हैन, हाम्रै पार्टीको सरकार पनि लागेन । समन्वय गराउन देउवाजी पनि लाग्नु भएन,” उनले भने, “यो राम्रो साइन होइन । प्रदेशको अस्तित्व केन्द्रले स्विकार्नुपर्यो । समन्वय त हुनुपर्यो नि १ अहिले चासो सरकार निर्माण कसरी हुन्छ भन्नेमा छ ।”
उनले दलहरू कसरी सरकार निर्माण गर्ने भन्नेमा केन्द्रित भएको पनि बताए ।
दलहरूले घोषणापत्रमा प्रदेशको अधिकार सुनिश्चित गर्नेतर्फ ध्यान नदिएको उनले बताए । “प्रतिनिधिसभाको घोषणापत्र बनायो, प्रदेशको घोषणापत्र खै ? काँग्रेसमा मात्र हैन, अरू पार्टीको पनि खै त ? यसले प्रदेशको अधिकार सुनिश्चित गर्ने र बलियो बनाउने आधार खै ?,” उनको प्रश्न छ ।
प्रदेशसभा र प्रतिनिधिसभा फरक संरचना भएकाले निर्वाचन पनि फरक समयमा हुनुपर्ने उनको धारणा छ ।