काठमाडौँ । निर्वाचन आयोगका कर्मचारीको गल्तीका कारण रुपन्देही क्षेत्र नम्बर-५ का दुई स्थानमा मतदान रोकिएको छ । सालझन्डीस्थित पशुपति मावि मतदान केन्द्र र हरैयास्थित रुद्रपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।
पशुपति मावि केन्द्रमा प्रतिनिधिसभातर्फ खस्नुपर्ने ३२ मत कर्मचारीको गल्तीका कारण प्रदेशसभातर्फ खसेपछि मतदान प्रक्रिया रोकिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रवक्ता टेकराज पन्थीले जानकारी दिए ।
रुद्रपुर माविमा पनि त्यसैगरी ६७ मत खसेको जनाइएको छ ।
दुवै स्थानमा उम्मेदवारहरूसहित सर्वदलीय बैठक बसेर पुनः मतदान सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।