७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ । यससँगै दशकौँदेखि आफूहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिनु पर्ने आवाज उठाउँदै आएका खाडीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन भएको छ ।

पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव तथा कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका एक नारायण अर्यालले सो जानकारी दिएका हुन् । आर्थिक वर्ष २०७९/८० को बजेटमासमेत निजी तथा अनौपचारिक क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाको कोषबाट सञ्चालित सामाजिक सुरक्षामा योजनामा क्रमशः आबद्ध गरिने उल्लेख गरिएको थियो ।

‘स्वरोजगार, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारमा काम गर्ने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सञ्चालक समितिको बैठकले निर्णय गरिसकेको छ’ सचिव अर्यालले भने ।

श्रमिकहरूका लागि धेरै सुविधाहरू रहेको उल्लेख गर्दै उनले एउटा घरमा काम गर्ने मजदुर अधिकार सम्पन्न भएको बताए । ४६ लाख नेपालीहरू वैदेशिक रोजगारमा रहेको अवस्थामा सम्पूर्ण नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन प्रतिबद्ध रहेको सचिव अर्यालको भनाई छ ।

सचिव अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा स्वदेश तथा विदेशमा काम गर्ने श्रमिकका परिवारहरूलाई स-साना उद्योग व्यवसाय सञ्चालन गर्नका लागिसमेत सामाजिक सुरक्षा कोषले सहयोग गर्ने योजना बनाएकोसमेत जानकारी दिए ।

सामाजिक सुरक्षा कोषले पेन्सन दिने कुरा सुन्दा कतिपयलाई पत्यार नलागे पनि कार्यविधिमा नै उल्लेख गरिसकेकोले योगदानकर्तालाई पेन्सन दिनेसमेत उनले जानकारी गराए । ‘योगदानकर्ता मात्रै होइन, योगदानकर्ताको श्रीमतीलाईसमेत सुविधा दिन्छौँ’ उनले भने ‘त्यसपछि बिस्तारै परिवारका सबै सदस्यलाई दिने गरी अघि बढ्ने योजनामा छौँ ।’

उनले नेपालको गरिबी निवारणमा गर्ने पहिलो संस्था नै सामाजिक सुरक्षा भएको बताए । ‘मजदुर मात्रै होइन, रोजगारदातालाई पनि समेट्ने कोष भनेको सामाजिक सुरक्षा कोष नै हो’ उनले भने, ‘सामाजिक सुरक्षा कोषले अघि सारेका योजनाहरूमा सबैको हातेमालो भयो भने यो साकार हुन धेरै समय लाग्ने छैन ।’

केही महिनायता सामाजिक सुरक्षा कोषले सञ्चालन गरेका गतिविधि प्रशंसनिय रहेको भन्दै सचिव अर्यालले कोषका कार्यकारी निर्देशक, कर्मचारी तथा सञ्चालक समितिका सदस्यलाई धन्यवाद दिएका छन् ।

पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक तथा वैदेशिक रोजगारको क्षेत्रमा विद्यमान अन्याय, अत्याचार तथा विकृतिहरूमाथि निर्ममताका साथ प्रहार मात्रै गरेको छैन, श्रमिकहरूको पक्षमा नीतिगतरुपमा समेत उल्लेख सुधार गरेको छ ।

सम्बन्धित समाचार : सामाजिक सुरक्षा कार्यक्रम यसवर्षदेखि अनौपचारिक तथा वैदेशिक क्षेत्रमा बिस्तार हुन्छ : श्रममन्त्री कुँवर

सम्बन्धित समाचार : सामाजिक सुरक्षा कोषमा अतिरिक्त थप सुविधा : कार्यकारी निर्देशक ज्ञवाली

प्रतिक्रिया दिनुहोस