२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मह गाउँको परिचय दिँदै दगाम

अ+ अ-

गण्डकी । परापूर्व कालमा दमाईं जातिको बसोबास भएकै कारण दमाईं गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् ।

प्राचीन समयमा दमाईं जातिकै बसोबास भए पनि अहिले भने यहाँ दमाईं जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तिलबहादुर थापा मगर बताउछन् । समयले लामै कोल्टै फेर्दा अहिले भने दगाम गाउँको परिचय फेरिएको छ । यहाँका प्रत्येक घरमा भएको मौरी पालनले यो गाउँ यतिखेर मह गाउँका रूपमा चिनिन थालेको छ । गाउँलेले बर्सेनि मह उत्पादन गरी आयआर्जन बढाउन थालेका छन् ।

दगामका केही स्थानीयले व्यावसायिक मौरी पालनबाटै राम्रो आम्दानी लिन थालेपछि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो । दगामका २३ घरका सबैले मौरी पालेका छन् । मह उत्पादन बढ्दै गएकाले मौरी पालन व्यवसाय सुरु गरेको अगुवा कृषक नन्दराज थापाले बताए । २०५७ सालमा घरेलु तथा साना उद्योग तनहुँले मौरी पालनसम्बन्धी तालिम दिएपछि गाउँमा मौरी पालन प्रति गाउँलेको रुचि बढेको उनको भनाइ छ । ‘सुरुमा घरेलु तथा साना उद्योग तनहुँबाट तालिम लिएपछि गाउँ हामीले गाउँमा मौरी पालन सुरु गरेका हौँ’, उनले भने, ‘सुरुमा केही गाह्रो भयो तर पछि कामले काम सिकाउँदै गयो अहिले सबै घरमा मौरीको घार छ ।’

उनले मौरी पालनबाट वार्षिक रु छ लाखसम्म आम्दानी गरेको बताए  । ‘सुरुमा एक घारबाट मौरी पाल्न थालेको हुँ’, उनले थपे, ‘बिस्तारै घार बढाउँदै अहिले ४२ घारबाट राम्रै आम्दानी लिएको छु ।’ उनले मह मात्र नभएर मौरी र घार पनि बिक्री गर्छन् । दगामकै अर्का मौरीपालक कृषक टीकाराम गुरुङको घरमा पनि २२ घारमा मौरी छन् । उनले मासिक रु ४० देखि ५० हजारको मह बेच्छन् । यसले उनले परिवार राम्रैसँग पालिएको छ । पहिले काठे घारमा मौरी पालेकामा उनले अहिले आधुनिक घारबाट मह काट्छन् । ‘महका लागि सधैँ एकैनासको मौसम हुँदैन कहिले धेरै नै हुन्छ कहिले थोरै मह निकालिन्छ’, उनले भने,’फूल फुल्ने मौसममा रु ६० हजारसम्मको मह आउँछ अपसिजनमा पनि रु ३० हजारसम्मको मह उत्पादन हुन्छ । सरदरमा मासिक रु ५० हजारको मह काटिन्छ ।’

मह बेचेको पैसाले दगाम गाउँका कृषकले आफ्नो दैनिकी धान्न सक्ने भएको कृषक नन्दराज थापाले जानकारी दिए । ‘यहाँ सबैको घरमा मौरी पालिएको छ केहीले राम्रै आम्दानी गर्छन्’, उनले भने, ‘केहीले घरमै औषधिको रूपमा प्रयोग गर्छन् ।’ स्थानीय सेतीमाया थापाले आफ्नो घरमा उत्पादन भएको मह आफूहरूलाई औषधिको रूपमा खान पुगेको बताउछन्। उनको घरमा चार घार छन् । उनले एउटा घारबाट मात्र उत्पादन गर्छन्। ‘हाम्रो उत्पादन भएको मह हामीले बेच्दैनौँ, औषधि बनाएर खान्छौँ’, उनले सुनाए, ‘महले ढाड दुखेको निको हुन्छ अनि चिसो लाग्यो भने तातोपानीमा हालेर खाँदा ठिक हुन्छ त्यही भएर हामीले घरमै खान्छौँ ।’

यहाँ कृषकले ०७३ मा प्राकृतिक मौरीपालक कृषक समूह दर्ता गरी व्यावसायिक मौरी पालन सुरु गरेका हुन् । उनीहरूले सेरेना प्रजातिको मौरी पाल्दै आएका छन् । त्यहाँ उत्पादन भएको महको बजारीकरणमा समस्या नरहेको कृषक थापाले बताए । पछिल्लो समय दगाम सामुदायिक होमस्टेमा पुग्ने पाहुनाले कोसेलीको रूपमा लैजाने गरेको उनले बताए । ‘हामीले मह बेच्न बजार पुर्‍याउनुपर्दैन सबै गाउँमै आएर लैजान्छन्’, थापाले भने, ‘यहाँ होमस्टे खुलेपछि यहाँ आउने पाहुनाले कोसेलीको रूपमा लैजाने गरेका छन् । अनि मह खोज्दै गाउँमै धेरै आउँछन् हामीलाई माग धान्न गाह्रो छ ।’होमस्टे पुग्ने पाहुनालाई त्यही उत्पादन भएको मह पनि चखाउँछन् ।

धेरै दुःख र लगानी गर्नु नपर्ने भएकाले पनि मौरी पालन व्यवसाय गर्न सजिलो रहेको त्यहाँका कृषकको अनुभव छ । मह उत्पादन गरेपछि बजारको समस्या नरहेकाले कृषकको यसमा आकर्षण बढेको हो । कृषकको आकर्षणले गर्दा बेलाबेलामा सरकारी अनुदान पनि आउने गरेको स्थानीयले बताए । दगाममा उत्पादन भएको मह विदेश पनि निर्यात हुने गरेको छ । यहाँको मह मलेसिया, बेल्जियम र हल्याण्डमा निर्यात हुने गरेको छ । उनीहरूले होमस्टे पुग्ने पाहुनाले कोसेलीका रूपमा लगेमा प्रतिकिलो रु एक हजार पाँच सयमा मह दिने गर्छन् भने, विदेश पठाउँदा एक किलोको रु दुई हजार पाँच सय लिने गर्छन् ।

पछिल्लो समय दगाम गाउँ मह उत्पादनका लागि अब्बल देखिएकाले मौरी पालन व्यवसायलाई विस्तर गर्ने स्थानीयको लक्ष्य छ । सरकारी पक्षबाट अझै सहयोग र अनुदान आए दगाम गाउँलाई मह गाउँका रूपमा चिनाउने गरी व्यवसाय विस्तार गर्ने थापाले बताए ।