काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ।
प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ।
भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेका छन्।
मंसिर ४ मा भएको निर्वाचनमा गठबन्धन गरेर लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको जनाइएको छ।