२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकालीमा संयन्त्र बनाएर मात्रै तटबन्ध निर्माण गर्ने नेपाल र भारतीय प्रशासनबीच सहमति

अ+ अ-

काठमाडौँ । दार्चुलाको खलङ्गा र आसपासमा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचनाको निर्माण तत्कालका लागि रोकिएको छ । 

सोमबार भारत पिथौरागढ प्रशासनका एडिएम सहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त्यसबारे छलफल गरेका छन् । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित ‘संयन्त्र’ बनाएर मात्रै काम अघि बढाउने सहमति भएको बताइएको छ ।

पिथौरागढका एडिएम सहितका अधिकारी र नेपाली अधिकारीहरूले सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरेका हुन् । प्राविधिक, स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर निर्माण अघि बढाउने सहमति भएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले बताए ।

आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेको विरोधमा दार्चुलाका स्थानीयले विरोध गरेका थिए । विरोधका क्रममा ढुङ्गा हानाहान हुँदा खलङ्गा बांगाबगर स्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका ४ बालक घाइते भए । स्थानीयले झोलुंगे पुलेको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए । स्थानीय प्रशासनले पुलको गेट खुलाएको छ ।

विवाद भएको ठाउँमा संयन्त्र बनाउने दुई देशको बीचमा सहमति भएपनि विवाद नभएको ठाउँमा भारतीय पक्षले तटबन्ध निर्माण गरिरहेको छ । 

नदीको स्वभाविक बहावले बनाएको बगरमा भारतले तटबन्ध उठाउँदा खलङ्गा बजार र आसपासका क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । तटबन्ध बनाउन भारतकै अरुण कन्स्ट्रक्सन कम्पनीले ८० करोड भारुमा ठेक्का पाएको छ । सोही कम्पनीले भारतीय सशस्त्र सीमा बल (एसएसबी)को पहरामा निर्माण अघि बढाइरहेको छ ।