२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलोपल्ट किसान वर्गीकरणसँगै परिचयपत्र दिँदै लेकबेशी नगरपालिका

अ+ अ-

काठमाडौँ। सुर्खेतको लेकबेशी नगरपालिकाले कर्णाली प्रदेशमै पहिलोपटक नगरका किसानहरूको पहिचान, वर्गीकरण गरी परिचय वितरणको अभ्यास सुरु गरेको छ । 

नगरपालिकाभित्रका सबै घरधुरीको तथ्याङ्क सङ्कलन, व्यवस्थितीकरण गर्दै किसान पहिचान, वर्गीकरणसहितको किसान परिचयपत्र वितरणको अभ्यास सुरु भएको हो ।

लेकबेशी नगरपालिकाका मेयर उमेशकुमार पौडेलले कृषि पेसाको संरक्षण र किसानको जीवनस्तरको प्रवर्द्धनको व्यवस्था मिलाउन स्थानीय सरकारले काम थालेको बताए । कामको सुरुआतअन्तर्गत कर्णाली प्रदेशमै पहिलोपटक किसान परिचय वितरण, तयारीका लागि नगरपालिका र राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालबीच सम्झौता भएको पौडेलले जानकारी दिए  । 

किसानको पहिचान, वर्गीकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने र नगरपालिकाबाट उपलब्ध गराइने कृषिसँग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा व्यवस्थित गर्ने नगरपालिकाको तयारी छ । परिचयपत्रमार्फत नै प्राथमिकताको आधारमा कृषकलाई स्रोतसाधन, सेवा सुविधा वितरण गर्ने उद्देश्यले किसान परिचयपत्र वितरण अभ्यास सुरु भएको मेयर पौडेलले बताए । 

लेकबेशी नगरपालिकाको नगरसभाले स्थानीय कृषि ऐन, २०७८ पाससमेत गरेकोले काम गर्न सबै तयारी पूरा भएको छ । किसानको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्यसम्बन्धी हकको सुनिश्चितता र किसानको सशक्तीकरण गर्दै कृषि प्रणाली तथा यसको मूल्य शृङ्खलामा सुशासन कायम गर्न, कृषि प्रणालीलाई दिगो साथै यस क्षेत्रमा समतामूलक विकासको अभ्यास गर्न लेकबेशीमा स्थानीय सरकारसँगको सहकार्यमा तयारी भएको राष्ट्रिय कृषक समूह महासङ्घ कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर खत्रीले बताए ।

नेपालको संविधान २०७२ बमोजिम खाद्य सम्प्रभुताको हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको कृषि नीतिमा उल्लेखित किसानको हक हित संरक्षण/संवर्धन गर्न परिचयपत्रले सहयोग पुग्ने नगरपालिकाको दाबी छ । नगरपालिकाले सोमबारबाटै आवश्यक प्रक्रिया र काम सुरु गरेको जनाएको छ ।