२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र पर्‍यो निर्माणाधीन अस्पताल भवन 

अ+ अ-

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा निर्माणाधीन ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ योजना अलपत्र परेको छ।

निर्माण व्यवसायीले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणाधीन ५ शय्या क्षमताको अस्पताल भवन अलपत्र परेको हो। 

गत वर्षको हिउँददेखि नै काम छाडेका निर्माण व्यवसायी अहिलेसम्म पनि काममा नफर्किएपछि गाउँपालिकामार्फत ताकेता गरिएको ताकमका वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए। पालिकाकै गौरवको आयोजनालाई निर्माण व्यवसायीले अधुरो र अलपत्र छाडेपछि पटक–पटक फोन र पत्रमार्फत ताकेता गरिएको वडाध्यक्ष खत्रीले बताए। 

भवन निर्माणको लागि बिएम आइएस एसी जेभी बुर्तिबाङ बाग्लुङले रु चार करोड ८८ लाख ७२ हजार १३२ मा ठेक्का सम्झौता गरेको थियो। 

निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको जम्मा २० प्रतिशत भौतिक प्रगति भएको छ। ठेकेदार कम्पनीले अहिलेसम्म जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याई भुइँ ढलानको डिपिसीको काम मात्रै सकेको छ।

भवन निर्माण गर्ने समय गुजारेको उक्त कम्पनीलाई १२ औँ संशोधन नियमावलीअनुसार एक वर्षका लागि म्याद थप भए पनि अहिलेसम्म कम्पनी कार्यक्षेत्रमा नफर्किएको गाउँपालिकाकाको भनाई छ ।  

कम्पनीले गाउँपालिकाबाट ९२ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी लगिसकेको छ। ताकममा निर्माण हुने उक्त दुईतले अस्पताल भवनमा आकस्मिक, अन्तरङ, बहिरङ, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतका संरचना रहने प्रस्ताव गरिएको छ।