२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शपथ लगत्तै पाँच मन्त्रालयलाई सिके राउतको पत्र

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको शपथ लिएसँगै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले पाँच मन्त्रालयलाई पत्र काट्दै पाँच बुँदे माग राखेका छन् । 

सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित डा. राउतले सप्तरीको शिक्षा, स्वास्थ्य, उद्योगसहितका क्षेत्रको विषयमा ध्यानाकर्षण गराएका हुन्। 

डा. राउतले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक र साल्ट ट्रेङिड कर्पोरेसन लिमिटेडका प्रबन्ध सञ्चालकलाई पत्र पठाएका छन्। 

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकलाई गजेन्द्रसिंह औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरू योजना र क्षमता अनुसार सञ्चालन गर्न पहल गन उद्योग तथा वाणिज्य मन्त्रालयलाई पत्र पठाएका उनले मल खाद्यको व्यवस्थापन गर्न साल्ट ट्रेङिङलाई भनेका छन् । 

राजविराज-काठमाडौँको उडान वृद्धि तथा नियमितका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र पठाएर सेवा प्रभावकारी बनाउन आग्रह गरेका राउतले 

सप्तरीको गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल रेफर सेन्टरको रूपमा परिणत भएकोले स्वास्थ्य सेवालाई सुधार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलाई पठाएको पत्रमा माग गरेका छन्। 

यसैगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई सप्तरी जिल्लामा ५५ प्रतिशत साक्षरता दर रहेको र जिल्ला साक्षरता घोषणा हुन नसकेकोले सघन रूपमा साक्षरता अभियान सञ्चालन गर्न माग गरेका छन्।

सडक, सदन र सरकार तीनै वटा मोर्चाबाट सङ्घर्ष जारी रहने जनाएका राउतले जनताको माग पूरा गराउने प्रतिबद्धता गरेका छन् ।