७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोमबारदेखि नेप्सेको उकालो यात्रा सुरु, आज झण्डै ४ अर्बको कारोबार

अ+ अ-

काठमाडौँ । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजी बजारले आज पनि निरन्तरता पाएको छ ।

मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५९ दशमलव ८७ अङ्कले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा तीन अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा दुई सय दुई वटा कम्पनीको शेयर मूल्य बढेको छ भने जम्मा आठ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । सबै समूहका उपसूचकहरू हरियो देखिएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ७२ दशमलव २१ अङ्कले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक दुई सय ८३ दशमलव ४२, होटेल तथा पर्यटन समूहको उपसूचक एक सय १७ दशमलव ०१, विकास बैङ्क समूहको उपसूचक सय दशमलव ३९ र जलविद्युत् समूहको उपसूचक ९५ दशमलव ३५ अङ्कले बढेको छ ।

आज बैङ्किङ समूहको उपसूचक ३५ दशमलव ०७, वित्त समूहको उपसूचक ६७ दशमलव ७३, लगानी समूहको उपसूचक तीन दशमलव ६८, उत्पादन समूहको उपसूचक ७२ दशमलव ३७, लघुवित्त समूहको उपसूचक ५५ दशमलव ५६ र अन्य समूहको उपसूचक ३७ दशमलव ०२ अङ्कले बढेको छ ।

आजको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा लक्ष्मी बैङ्क लिमिटेडको सबैभन्दा धेरै २० करोड ९४ लाख ९० हजार पाँच सय नौ बराबरको १० लाख ७० हजार पाँच सय ९९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस