२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी पीडितलाई फुटबल सङ्घको राहत सङ्कलन अभियान

अ+ अ-

खोटाङ । जिल्ला फुटबल सङ्घ खोटाङले केपिलासगढी गाउँपालिका-४ बाक्सिला बजारका आगलागी पीडितको सहयोगार्थ राहत सङ्कलन अभियान सुरु गरेको छ । यही पुस ४ गते साँझ बाक्सिला बजारमा भएको आगलागीमा फुटबल सङ्घका जिल्ला उपाध्यक्ष समिर राई र बाक्सिला फुटबल क्लब बाक्सिलाका सचिव पवन श्रेष्ठसमेत पीडित भएपछि जिल्ला फुटबल सङ्घले राहत सङ्कलन अभियान सुरु गरेको हो ।

बाक्सिला बजारका दीपक गुरुङको घरमा विद्युत् सर्ट हुँदा सुरु भएको आगोले डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, रमेश परियार र अकबर राईको घर जलेर नष्ट भएको थियो । सो आगलागीमा फुटबल सङ्घका उपाध्यक्ष एवं गाउँपालिका प्रमुख राईको रु एक करोड २५ लाख र बाक्सिला फुटबल क्लबका सचिव श्रेष्ठको रु २० लाख ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अभियानअन्तर्गत हालसम्म १४ दाताबाट रु एक लाख ४२ हजार दुई सय राहत सङ्कलन भइसकेको फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए । आगलागी पीडितका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका युवा समाजसेवी हटमिलन राईले रु एक लाख एक हजार एक सहयोग गरेका छन् ।

फुटबल सङ्घका अध्यक्ष राईले दश हजार एक, सुमन पुमाले पाँच हजार, कमल चाम्लिङले पाँच हजार, काजीमान राईले पाँच हजार, प्रकाश राई ‘पिके’ले तीन हजार, विनोद तिरुवाले तीन हजार, हिरन राईले दुई हजार, सनम राई ‘जोजो’ले दुई हजार, रोशेस श्रेष्ठले दुई हजार, अमर श्रेष्ठले एक हजार एक सय, मनोज थापले एक हजार एक सय, गङ्गाबहादुर विश्वकर्माले एक हजार र पर्शुराम विश्वकर्माले एक हजार सहयोग गरेका छन् । सङ्कलित रकम केही समयपछि अग्नी पीडितलाई हस्तान्तरण गर्ने अध्यक्ष राईले बताए ।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा भएको आगलागीमा पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो । आगलागी पीडित परिवार अहिले पनि आफन्तकामा आश्रय लिएर बसिरहेका छन् ।

बाक्सिला बजारका आगलागी पीडितका लागि विभिन्न सङ्घसंस्थाले पनि राहत सङ्कलन अभियान सञ्चालन गरिरहेको जनाइएको छ । उद्योग वाणिज्य सङ्घको नेतृत्वमा विभिन्न सङ्घसंस्था सम्मिलित समितिले सञ्चालन गरेको घरदैलो अभियानबाट रु चार लाख ५५ हजार ९५ सहयोग रकम सङ्कलन गरेको उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताएका छन् ।

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समिति आगलागी पीडितका लागि राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसमक्ष सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट घर तथा भएका धनसम्पत्ति गुमाएर विस्थापित भएका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि सङ्घ र प्रदेश सरकारसमक्ष सिफारिस गरेको हो ।

बैठकले आगलागी पीडितको सहयोगार्थ सङ्कलन हुने राहत एकद्वार प्रणालीमार्फत सङ्कलन र वितरणको व्यवस्था मिलाउनेसमेत निर्णय गरेको छ । हिउँद तथा वर्षा याममा निम्तिने प्राकृतिक विपत्ति रोकथाम तथा नियन्त्रणका लागि योजना बनाउने, आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्नेलगायतका निर्णय पारित गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले जानकारी दिएका छन् ।

स्थानीय तहका प्रमुख, दल, सुरक्षा प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि बोलाइएको बैठकमा विद्युत् सर्ट हुन नदिन सुरक्षित वायरिङ गर्ने, विपत्तिका बेला उद्धारमा खटिने उद्धार टोली बनाउने, सबै पालिकाको केन्द्रमा दमकलको व्यवस्था गर्ने, फायर इस्टिङग्वीर राख्ने, जनचेतनामूलक सन्देश प्रवाह गर्ने, उद्धारका सामग्री तयारी अवस्थामा राख्नेलगायतका विषयमा छलफल भएको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गरे पनि बैठकमा ऐंसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुखको मात्र उपस्थिति रहेको थियो ।