६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिपुरेश्वर बस आगलागी घटना: न्यायिक छानबिनको माग गर्दै नेकपाद्वारा संसदमा सरकारको आलोचना

अ+ अ-

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ । 

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले मंगलवारको संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गरेका हुन् । 

सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवाद सामान्य नभएको जिकिर गरे। उनले घटना हुनुअघि नै चालकले आफूमाथि दबाब बढेको भन्दै आफ्नो ज्यान जोखिममा रहेको चेतावनी दिएको भएपनि राज्य संयन्त्र रमिते बनेर बसेको आरोप लगाए। उनले केही महिनाअघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको मृत्युको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाए । 

उनले भने, ‘हिजो त्रिपुरेश्वरमा ट्राफिक प्रहरी र सार्वजनिक बसका चालक अर्जुन दोङबीच विवाद भएपछि सोही बसमा आगलागी भयो र आज उहाँको दु:खद् निधन भएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । यो घटना केवल एक चालकको आवेगको विषय होइन, यसले श्रमिक र नियमनकारी निकायबीचको सम्बन्ध तथा राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ । चालकले आफू दबाबमा रहेको चेतावनी दिँदा राज्यले समयमै संवेदनशीलता देखाएको भए यस्तो दु:खद अवस्था आउँथ्यो कि आउँदैनथ्यो भन्ने प्रश्न उठेको छ । त्यसैले सरकारलाई नियमनकारी निकायलाई मर्यादित, अनुशासित र नागरिकमैत्री बनाउन आग्रह गर्दछु । चालक तथा सहचालकको सामाजिक सुरक्षाको सुनिश्चितता गरियोस् । साथै, घटनाको सत्यतथ्य पत्ता लगाउन अविलम्ब उच्चस्तरीय छानबिन गरी दोषी देखिएमा कानुनबमोजिम कारबाही गरियोस् ।’

सांसद दुलालले सडकमा रहेका लाखौं श्रमिक र चालकहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै राज्यले उनीहरूको सुरक्षा र सामाजिक सुरक्षा कोषको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए। उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी हालको झन्झटिलो र अव्यावहारिक कानुनी प्रावधान सच्याउनुपर्ने माग गरे। उनले सरकारले अविलम्ब उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरे । 

0 Comments