२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड यति अविश्वसनीय र अनैतिक होलान् भन्ने लागेकै थिएन : पाण्डे

अ+ अ-

बागलुङ । गण्डकी प्रदेशका सांसद तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वास गरिहाल्न हुने व्यक्ति नरहेको आरोप लगाएका छन्।

४७ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार काँग्रेस बागलुङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले चुनावका वेला आफूले एक महिना सङ्गत गर्दा गठबन्धन कुनै हालतमा भत्काउन नहुने भनेका प्रचण्डले पदलोलुप भएर अप्रत्याशित निर्णय गरेको बताए।

पाण्डेले भने, ‘मैले प्रचण्डलाई एक महिना काँधमा बोकेर हिँडेँ। मैले उनलाई जति नजिकबाट चिनेको थिएँ, त्यति अविश्वसनीय र अनैतिक हुन्छन् भन्ने लागेको थिएन।’

उनले काँग्रेस निराश हुनु नहुने बताए। नेपाली काँग्रेस सत्तामा मात्रै टिकेको पार्टी नभएको भन्दै निराश नहुन कार्यकर्तालाई आग्रह गरे। पाण्डेले राज्य र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरे पनि अहिले जोगाउन नसकिएको बताए। गठबन्धन भत्किएको विषयमा दलभित्र गम्भीर समीक्षा गर्न आवश्यक रहेको पाण्डेको भनाइ छ।

उनले भने, ‘नेपाली काँग्रेस सत्तामा मात्रै टिकेको पार्टी होइन, सत्ता नहुँदैमा हामी अति चरम निराश हुनुपर्ने अवस्था छैन। हामी अब आफ्नै खुट्टामा उभिएर देश र जनताको चाहनाअनुसार काम गर्नुपर्ने छ, हामीले विश्वास गर्‍यौँ, अरूले धोका दिए। त्यसमा चिन्ता मान्नुपर्ने केही छैन, अब पार्टी सङ्गठनलाई मजबुत बनाउनतिर लाग्नुपर्छ।’