२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पिएचडी गरेकालाई होच्याएकोबारे ओलीले दिए स्पष्टीकरण 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पिएचडी गरेका व्यक्तिलाई नहोच्याएको स्पष्टीकरण दिएका छन् ।

आइतबार काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसँगको अन्तरसंवादका क्रममा उनले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोबारे स्पष्टीकरण दिएका हुन् ।

गत महिना सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ओलीले ‘पिएचडी भनेको एउटा विषयको थेसिस न हो त्यसलाई के के न ठान्छन्, मूर्खहरूको जमाना छ’ भनेका थिए । सोही विषयलाई लिएर ओलीले पिएचडी गर्ने मान्छेलाई होच्याएको भन्दै आलोचना भएको थियो ।

आफ्नो आलोचना भइरहेको बारे पनि थाहा पाएका ओलीले आइतबारको विद्यार्थीसँगको अन्तरसंवादमा भने त्यसको प्रष्टीकरणमा दिए ।

ओलीका अनुसार एक जना पिएचडी गरेका व्यक्ति ओलीसमक्ष पुगेका थिए । उनीसँगको कुराकानीका क्रममा आफूले पिएचडी गरे पनि घमण्ड नगर्न आग्रह गरेको ओलीले बताए ।

‘जो बाबु म सँग आएका थिए । तपाईँले यति राम्रो पढ्नुभयो, बहुत राम्रो छ । तर घमण्ड दिमागमा पस्न नदिनुस्, सधैँ सिकिरहनुस्, नयाँ नयाँ कुरा जान्ने, सिक्ने कोसिस गरिरहनुस् । घमण्ड दिमागमा पस्यो भने अरू थोकलाई ठाउँ हुँदैन, घमण्ड भरिएपछि दिमागमा घमण्डमात्र हुन्छ, अरू पस्दै पस्दैन । नलेज पसाउनुछ भने घमण्डलाई स्थान दिनुहुन्न’ ओलीले ती व्यक्तिलाई आफूले दिएको सुझावबारे भने ।

ओलीले अगाडि भने, ‘मलाई आरोप आयो, आफू बज्रस्वाँठ छ, पढेलेखेको छैन, अनि पढेलेखेको मान्छे आयो भने पिएचडी गर्दैमा सबै जानिन्छ भनेर होच्याउँछ, भन्छन्, मैले कहाँ होच्याएँ ?’

अन्तिममा उनले थपे, ‘कोही पनि मान्छे ठूलो हुँदैन । उमेरले ठूलो होला, पद, ओहोदामा ठूलो होला, मान्छेका रूपमा ठूलो र सानो हुँदैन ।’