७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्ड अनुसारको प्रक्रिया पूरा गर्न स्वास्थ्य संस्थालाई १५ दिने म्याद

अ+ अ-

काठमाडौँ । जिल्ला अनुगमन समितिले ताप्लेजुङका मेडिकल हल र औषधि पसललाई पछिल्लो निर्देशिका अनुसार दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न १५ दिनको समय सीमा दिएको छ।

अनुगमनका क्रममा अधिकांश मेडिकल हल, औषधि पसल, चस्मा घर र दन्त क्लिनिकले पछिल्लो मापदण्ड अनुसारको प्रक्रिया पूरा नगरेको देखिएकोले ती प्रक्रिया पूरा गर्न समय सीमा सहित निर्देशन दिइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार यस्तो प्रक्रिया पूरा नगरेका मेडिकल हल, औषधि पसल, चस्मा घर र दन्त क्लिनिकलाई आवश्यक सिफारिसका लागि मापदण्ड अनुसारका कागजात सहित ७ दिन स्वास्थ्य कार्यालयमा सम्पर्क राख्न भनिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार ताप्लेजुङको फुङलिङ बजारमा सञ्चालित १० वटा मेडिकल, निजी अस्पताल तथा औषधि पसलको अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा केही औषधि पसलमा मापदण्ड विपरीत औषधि र मच्छड मार्न प्रयोग हुने तरल पदार्थ ९विषादी० एकै ठाउँ राखिएकोले त्यस्तो सामग्री तत्काल हटाई व्यवस्थापन गर्न लगाइएको समेत अनुगमन समितिले बताएको छ।

यस्तै कतिपय औषधि पसलहरूमा औषधि बाहेक अनुमति विपरीत कस्मेटिक सहितका सामग्री राखेको पाइएकोले त्यसलाई समेत व्यवस्थापन गर्न भनिएको छ। वरिष्ठ जनस्वास्थ्य अधिकृत घिमिरेले एक्स-रे सेवा दिइरहेका कतिपय निजी अस्पतालहरूको एक्स-रे सेवा मापदण्ड विपरीत रहेको पाइएकोले त्यसलाई तत्काल सुधार गर्न भनिएको बताए।

अनुगमन समितिले म्याद सिद्धिएका औषधि बिक्री कक्षबाट बाहिर राखी म्याद सिद्धिएको सङ्केत जनाई छुट्टै भण्डारण गर्न, सिरिन्ज लगायतका फोहोरजन्य सामाग्रीको उचित व्यवस्थापनमा ध्यान दिन समेत सुझाएको छ। सम्बन्धित स्थानीय तह सहितका निकायमा दर्ता तथा नवीकरण हुनुपर्ने मापदण्डको पूर्ण पालना गर्न समेत अनुगमन समितिले मेडिकल हल, औषधि पसल,चस्मा घर र दन्त क्लिनिकहरूलाई आग्रह गरेको छ।

समितिले दिएको समय सीमा भित्र प्रक्रिया पूरा नगरे थप कडाइ गर्ने नीति लिएको अनुगमन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस