२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘त्यो नाथे कर्मचारी !’

अ+ अ-

एक कर्मचारी
लाए अह्राएको
गर्ने मान्छे ।
तर
उहाँहरू राजनीतिज्ञ
अलि ठूलो मान्छे
नीति बनाउने मान्छे
थिति बसाल्ने मान्छे
शासनका मान्छे
भाषण
आसन

आश्वासनका मान्छे ।

निश्चय नै
उहाँहरूका ठुलै बाध्यता होलान्
आफ्नै विवशता होलान्
छिटो काम गरेर देखाउनु पर्ने होला
तातेको सामाजिक सञ्जाल
चिस्याउनु पर्ने होला
यसो गरौँ
भनेर लाग्नुहुन्छ
तत्कालै चर्को विरोध हुन्छ
फेसबुक
ट्विटर पड्कन थाल्छन्
सबैले खेदो खन्न थाल्छन्
गालीले आगो पार्छन्
उहाँहरू आत्तिनुहुन्छ
होइन भएन यो त
यसो गरौँ भो भन्नुहुन्छ
र झट्टै गर
भर्खरै गर
आजै गर
भन्नु हुन्छ
जबकि
उहाँहरूले नै पहिले बनाएको नियम अर्को हुन्छ
गर्ने कर्मचारी हुन्
काम गर्दै गर्दा
प्रक्रिया पुर्याउर्दै गर्दा
कहिले त्यही कानुन बाधक बन्छ
नीति बाधक बन्छ
भनेकै बखत
तत्कालै भने जस्तै
काम नहुन सक्छ
सोचेको परिणाम नआउन सक्छ ।

कर्मचारी
कानुन हेर्छन्
लेखिएको खोज्छन्
रेकर्ड राख्नु पर्ने हुन्छ
देखाउनु पर्ने हुन्छ
सोही अनुसार गर्नू भनिएको हुन्छ
सिकाइएकै त्यही हुन्छ
उनीहरूको नि आफ्नै बाध्यता हुन्छ
प्रक्रिया हुन्छ
भोलि प्रमाण पेस गर्नु पर्ने हुन्छ
अडिट हुन्छ
अख्तियार हुन्छ
केरकार हुन्छ
शिरमाथि सधैँ डेमोकल्सको तरबार हुन्छ
र त
नियम लागू गर्दा
कहिले अलि कठोर व्यवहार हुन्छ
त्यही कसैलाई भार हुन्छ ।

हो
भावना, चाहना एउटा कुरा हो
यथार्थता, सत्यता अर्कै कुरा हो
यहाँ
नीति पर कुनै
काम बिग्रे
भन्ने होइन
गर्ने दोषी हुन्छ
आफूले अपजस पाउनु पर्छ
आदेशको कारण भन्न मिल्दैन
प्रमाणको कुरा आउँछ
अप्ठ्यारोमा पर्दा
बचाउन कोही आउँदैन
त्यहाँ
कानुन कराउन थाल्छ
ताली खाँदा सबैले खान्छन्
गाली खालि एक्लै खानुपर्छ ।

हो
काम गराइ
सबैलाई सहज हुनुपर्छ
एकरूपता हुनुपर्छ
सबैले न्याय पाउनुपर्छ
तर
सबैका बोलाइ र गराइमा
नियमसंगत तालमेल हुनु पर्छ
तादात्म्यता हुनु पर्छ
सबै काम कानूनसम्मत् हुँदै गर्दा
कोही कसैको खेदो खन्नु हुँदैन
खैरो खन्नु हुँदैन
गाली गर्नु हुँदैन
नाथे भन्नु हुँदैन
राष्ट्रसेवकको मनोबल गिर्न दिनु हुँदैन
नीतिको थिति बस्नुपर्छ
त्यस्तै मनस्थिति बन्नुपर्छ
अनि स्थिति
परिस्थिति बदलिनु पर्छ
बदलिनु नै पर्छ
तर तथानाम उसलाई गाली गर्नु हुँदैन
बिनसित्ति नाथे भन्नु हुँदैन !