काठमाडौँ । संसद्को पहिलो बैठकमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेन्चमा बसेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने बताएको छ ।
यही कारण नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी संसद्को प्रतिपक्षमा बसेकी हुन् । नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।
एकीकृत समाजवादीका नेता माधव नेपाल पनि संसद्को प्रतिपक्षको बेन्चमा बसेका छन् । एकीकृत समाजवादीका १० सांसद छन् ।







